×
सोमबार, मङि्सर ०८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

लघुकथा : सिन्दुरको अधिकार

शिक्षकलाई गाडी र मोटरसाइकल किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयद्वारा अस्वीकृत

नारायणी महाेत्सवमा आज ७ गते कुमा सारगर एण्ड द ख्वपाकाे प्रस्तुति हुने

बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्य प्रथम, ‘भोटेकोशीको सुसाहट’लाई दुई लाख पुरस्कार

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

कथा : पुनर्मिलन – दुर्गा घिमिरे

नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

लोकप्रिय समाचार

  • १. नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

  • ३. बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्य प्रथम, ‘भोटेकोशीको सुसाहट’लाई दुई लाख पुरस्कार

  • ४. नारायणी महाेत्सवमा आज ७ गते कुमा सारगर एण्ड द ख्वपाकाे प्रस्तुति हुने

  • ५. शिक्षकलाई गाडी र मोटरसाइकल किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयद्वारा अस्वीकृत

  • ६. लघुकथा : सिन्दुरको अधिकार

शिक्षकलाई गाडी र मोटरसाइकल किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयद्वारा अस्वीकृत

२०८३ मँसिर ७,साेमबार
@ कृष्ण खनाल
​काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने शिक्षा मन्त्रालयको प्रस्तावित योजना तुहिएको छ। चौतर्फी विरोध र आर्थिक दायित्वको प्रश्न उठेपछि अर्थ मन्त्रालयले ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३’ मा समेटिएको उक्त व्यवस्था खारेज गरिदिएको हो।
​शिक्षा मन्त्रालयले गत असोजमा तहगत आधारमा शिक्षकहरूलाई चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सहुलियत दिने व्यवस्थासहित नियमावलीको मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। तर, चौतर्फी आलोचना भएपछि अर्थ मन्त्रालयले उक्त प्रावधानलाई अस्वीकृत गर्दै हटाएको छ।
​शिक्षामन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले सवारीसाधन सहुलियतको व्यवस्था नियमावलीबाट हटिसकेको पुष्टि गरेका छन्। नियमावलीको एघारौँ संशोधनसम्बन्धी छलफलमा बोल्दै उनले अर्थ र कानुन मन्त्रालयको सुझावपछि उक्त प्रावधान हटाइएको जानकारी दिए।
​“निजामती कर्मचारीसरह शिक्षकलाई पनि तहगत रूपमा सवारीसाधनको सुविधा दिन सकिन्छ कि भन्ने सोचले प्रस्ताव अघि सारिएको थियो,” सल्लाहकार झाले भने, “तर, यसमा यति धेरै विरोध भयो कि अर्थ मन्त्रालयबाट स्वीकृत नै हुन सकेन, अहिले कानुन मन्त्रालयको रायसहित यो व्यवस्था हटिसकेको छ।”
# ​के थियो प्रस्तावित व्यवस्था ?
​मन्त्रालयले तयार पारेको मस्यौदामा बैंकमार्फत सवारीसाधन खरिद गर्दा लागत रकमको ८० प्रतिशतसम्मको किस्ताको ब्याज सरकारले सहुलियतस्वरूप व्यहोर्ने र शिक्षकले २० प्रतिशत रकम आफैँ व्यवस्थापन गर्नुपर्ने उल्लेख थियो। जसमा तहगत रूपमा देहायबमोजिमको सुविधा प्रस्ताव गरिएको थियो:
​माध्यमिक तह (प्रथम श्रेणी): ५० लाख रुपैयाँसम्मको चारपाङ्ग्रे सवारीसाधन
​माध्यमिक तह (द्वितीय श्रेणी): ४० लाख रुपैयाँसम्मको चारपाङ्ग्रे सवारीसाधन
​माध्यमिक (तृतीय), निम्नमाध्यमिक र प्राथमिक तह (सबै श्रेणी): ४ लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन
# ​कार्यान्वयनको जटिलता
​देशभर हाल विभिन्न प्रकारका गरी कुल २ लाख ८ हजार २ सय शिक्षक कार्यरत छन्। जसमा १ लाख १० हजार स्थायी दरबन्दी, ४० हजार राहत, ३० हजार बालविकास (ईसीडी), १२ हजार सिकाइ अनुदान, १० हजार प्राविधिक धार, ६ हजार साविक उच्च मावि र २ सय विषय शिक्षक रहेका छन्।
​यति ठूलो संख्यामा रहेका शिक्षकलाई सवारीसाधनमा ब्याज सहुलियत दिँदा राज्यकोषमा अस्वाभाविक आर्थिक भार पर्ने र चौतर्फी आलोचना समेत भएपछि अन्ततः सरकार उक्त निर्णयबाट पछि हटेको मन्त्रालय सुत्रले जनाएको छ।

Advertisement

सोमबार, मङि्सर ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लघुकथा : सिन्दुरको अधिकार
नारायणी महाेत्सवमा आज ७ गते कुमा सारगर एण्ड द ख्वपाकाे प्रस्तुति हुने
बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्य प्रथम, ‘भोटेकोशीको सुसाहट’लाई दुई लाख पुरस्कार
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै
नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने
कथा : पुनर्मिलन – दुर्गा घिमिरे

लोकप्रिय

  • १.
    नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २.
    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

  • ३.
    बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्य प्रथम, ‘भोटेकोशीको सुसाहट’लाई दुई लाख पुरस्कार

  • ४.
    नारायणी महाेत्सवमा आज ७ गते कुमा सारगर एण्ड द ख्वपाकाे प्रस्तुति हुने

  • ५.
    शिक्षकलाई गाडी र मोटरसाइकल किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयद्वारा अस्वीकृत

  • ६.

  • ७.
    कथा : पुनर्मिलन – दुर्गा घिमिरे

  • ८.
    नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.