×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै

`ओलीको मैदान र एमालेको मैदान´ संविधान दिवसमा भाषणको बारुद, पार्टीभित्र विश्वासको धुवाँ

स्व. खिमानन्द न्यौपानेको स्मृतिमा बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान गरिँदै

सिद्धि विनायक आमा समुहद्वारा राहतकाेषमा रकम सहयोग

एमाले रूपान्तरणको बहस : ‘व्यक्तिभन्दा विधि बलियो बनाऔँ’- रामप्रसाद न्याैपाने

असाेज ६ गते वरिष्ठ साहित्यकार सनत रेग्मीको ‘शब्दाभिनन्दन’ विमोचन हुँदै

पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने

BRICSको निम्तोमा नेपाल किन छुट्यो ?

चितवनको कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

लोकप्रिय समाचार

  • १. एमाले रूपान्तरणको बहस : ‘व्यक्तिभन्दा विधि बलियो बनाऔँ’- रामप्रसाद न्याैपाने

  • २. असाेज ६ गते वरिष्ठ साहित्यकार सनत रेग्मीको ‘शब्दाभिनन्दन’ विमोचन हुँदै

  • ३. `ओलीको मैदान र एमालेको मैदान´ संविधान दिवसमा भाषणको बारुद, पार्टीभित्र विश्वासको धुवाँ

  • ४. स्व. खिमानन्द न्यौपानेको स्मृतिमा बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान गरिँदै

  • ५. चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै

  • ६. पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने

  • ७. सिद्धि विनायक आमा समुहद्वारा राहतकाेषमा रकम सहयोग

एमाले रूपान्तरणको बहस : ‘व्यक्तिभन्दा विधि बलियो बनाऔँ’- रामप्रसाद न्याैपाने

२०८३ असाेज १ बुधबार

Advertisement

७० वर्षे उमेर हद र दुई कार्यकालको प्रस्ताव

श्रीखबर/ नेकपा एमाले चितवनका निवर्तमान अध्यक्ष तथा बागमती प्रदेशका पूर्वसदस्य रामप्रसाद न्यौपानेले पार्टीको वर्तमान राजनीतिक तथा सांगठनिक अवस्थाको गम्भीर समीक्षा गर्दै रूपान्तरण, पुनर्स्थापना, पुस्तान्तरण र विधिको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

एमाले नेपाली कम्युनिस्ट आन्दोलनकै महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै न्यौपानेले पछिल्लो राजनीतिक परिस्थितिले जनतामा असन्तुष्टि र आक्रोश बढाएको अवस्थामा पार्टीले त्यसलाई केवल बाह्य प्रभाव वा षड्यन्त्रका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। जनताबाट प्राप्त सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै पार्टीभित्रका कमजोरी र असफलताको राजनीतिक तथा सांगठनिक दायित्वसमेत नेतृत्वले ग्रहण गर्ने संस्कार विकास गर्न आवश्यक रहेकाे उनी बताउँछन् ।

न्यौपानेले आगामी केन्द्रीय कमिटी बैठकलाई नियमित राजनीतिक समीक्षा मात्र नभई एमालेको भावी दिशा तय गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

@ ‘प्रश्न व्यक्ति होइन, विधिको हो’

एमालेको पुनर्स्थापना नेतृत्व परिवर्तनमा मात्र सीमित हुन नहुने न्यौपानेको तर्क छ। पार्टीलाई व्यक्तिनिर्भर नभई विधि, संस्था र प्रणालीमा आधारित बनाउनुपर्नेमा उनले जोड दिएका छन्। उनले नेतृत्व विकास, जिम्मेवारी हस्तान्तरण, निर्णय प्रक्रिया तथा अवसर वितरणमा स्पष्ट र दीर्घकालीन मापदण्ड आवश्यक रहेको बताएका छन्।

‘एउटै व्यक्ति लामो समयसम्म एउटै पदमा रहिरहने’ प्रवृत्तिलाई सीमित गर्दै पार्टीभित्र नेतृत्व हस्तान्तरणको संस्थागत प्रक्रिया विकास गर्नुपर्ने उनको धारणा छ।

# ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रस्ताव

न्यौपानेले एमालेले विगतमा अघि सारेको ७० वर्षे उमेर हदको मूल भावलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्। नयाँ पुस्तालाई नेतृत्वमा प्रवेश गराउन उमेरगत अवसर सुनिश्चित गर्नुपर्छ। लामो समयसम्म पदमा रहिरहने संस्कारको अन्त्य गर्दै समयमै जिम्मेवारी हस्तान्तरण गर्ने राजनीतिक संस्कृति विकास आवस्यक रहेकाे उनी बताउँछन् ।

त्यस्तै, पार्टीका प्रमुख जिम्मेवारीमा दुई कार्यकालको सीमा प्रभावकारी रूपमा लागू गर्नुपर्ने उनको धारणा छ। यसले एउटै व्यक्तिको वरिपरि संगठन केन्द्रित हुने प्रवृत्ति घटाउँदै संस्थागत नेतृत्व विकासमा सहयोग पुर्‍याउने उनको तर्क छ। व्यक्तिको वरिपरि संगठन केन्द्रित हुने प्रवृत्ति घटाउँदै संस्थागत नेतृत्व विकासमा सहयोग पुर्‍याउने उनको तर्क राखेका छन्।

# जनप्रतिनिधिको उम्मेदवारीमा पनि सीमा

पार्टीभित्रको पुस्तान्तरणसँगै जनप्रतिनिधित्वमा पनि निश्चित सीमा आवश्यक रहेको न्यौपानेले बताएका छन्। उनले प्रतिनिधिसभा र प्रदेशसभामा एउटै व्यक्तिलाई तीन पटकभन्दा बढी उम्मेदवार बन्न नदिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। त्यस्तै, मेयर तथा उपमेयरको उम्मेदवारीमा पनि निश्चित कार्यकालको सीमा निर्धारण गर्नुपर्ने उनको धारणा छ। यस्तो व्यवस्थाले नयाँ पुस्ता र नयाँ नेतृत्वलाई राजनीतिक अवसर प्राप्त गर्ने बाटो खुल्ने उनको विश्वास छ।

# राजनीतिक नियुक्तिमा दुई पटकको सीमा

न्यौपानेले राजनीतिक नियुक्तिमा पनि स्पष्ट मापदण्ड आवश्यक रहेको बताएका छन्। उनका अनुसार एउटै व्यक्तिलाई दुई पटकभन्दा बढी राजनीतिक नियुक्ति नदिने नीति बनाउनुपर्छ। राजनीतिक नियुक्ति पहुँच र निकटताका आधारमा नभई योग्यता, क्षमता, अनुभव र योगदानका आधारमा हुने प्रणाली विकास गर्नुपर्ने उनले बताएका छन्।

राज्यका अवसरहरू सीमित व्यक्तिमा मात्र केन्द्रित हुने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा उनको जोड छ। व्यक्तिको वरिपरि संगठन केन्द्रित हुने प्रवृत्ति घटाउँदै संस्थागत नेतृत्व विकासमा सहयोग पुर्‍याउने उनको तर्क छ।आम मतदाता, शुभेच्छुक तथा पार्टी सदस्यकाे एमालेमा ठूलाे याेगदान रहेकाे बताउँदै न्याैपानेले भने ` म नभै पार्टी नै चल्दैन भन्ने साेच हावि भएकै कारण पार्टी भन्दा एमालेमा व्यक्ति हावि भएकाे हाे, याे नै पार्टीका लागि अभिषाप हाे, उनले भने।

हरेक पुस्ताकाे याेगदानकाे महत्त्व हुने भन्दै उनी भन्छन` समयले जसलाई जे जिम्मेवारी दियाे, तपाईंहरुले पूरा गर्नुभयाे,हामीले पूरा गर्याै । तर नेतृत्व विकास गर्न र जिम्मेवारी हस्तान्तरण गर्दैजाने चेत नआउनु वा चाहना नराख्नु नेतृत्व स्वयंका लागि पनि फलदायी हुँदैन ।

एमाले एतिखेर नेतृत्व पुनर्गठनकाे दुईधारे ढुङ्गाबाट शयर गरिरहेकाे छ। पार्टीकाे जीवन कठिन माेड र घुम्तीमा अलमलिएको र त्यसकाे प्रभाव सिँङ्गाे देशलाई परेकाे स्वयं नेतृत्वले भने नजरअन्दाज गरिरहेकाे देखिए पछि सञ्जालहरुमा समेत नेता र नेतृत्वको बारेमा धारणा राख्ने हाेड चलेकाे देखिन्छ ।

बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै
`ओलीको मैदान र एमालेको मैदान´ संविधान दिवसमा भाषणको बारुद, पार्टीभित्र विश्वासको धुवाँ
स्व. खिमानन्द न्यौपानेको स्मृतिमा बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान गरिँदै
सिद्धि विनायक आमा समुहद्वारा राहतकाेषमा रकम सहयोग
असाेज ६ गते वरिष्ठ साहित्यकार सनत रेग्मीको ‘शब्दाभिनन्दन’ विमोचन हुँदै
पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने

लोकप्रिय

  • १.
    एमाले रूपान्तरणको बहस : ‘व्यक्तिभन्दा विधि बलियो बनाऔँ’- रामप्रसाद न्याैपाने

  • २.
    असाेज ६ गते वरिष्ठ साहित्यकार सनत रेग्मीको ‘शब्दाभिनन्दन’ विमोचन हुँदै

  • ३.
    `ओलीको मैदान र एमालेको मैदान´ संविधान दिवसमा भाषणको बारुद, पार्टीभित्र विश्वासको धुवाँ

  • ४.
    स्व. खिमानन्द न्यौपानेको स्मृतिमा बृहत् रक्तदान तथा रक्त स्वयंसेवक उत्प्रेरणा पुरस्कार प्रदान गरिँदै

  • ५.
    चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै

  • ६.

  • ७.
    पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने

  • ८.
    BRICSको निम्तोमा नेपाल किन छुट्यो ?

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.