२०७९ चैत्र ११

पश्चिम व्यूराे ,बर्दिया /

पालिका भित्रका बजारहरुमा आम नागरिकले उपयोग गर्ने बस्तु तथा उपलब्ध सेवाहरु नागरिक मैत्री हुनुपर्ने बिषयलाई मध्य नजर गर्दै बर्दिया स्थित बढैयाताल गाउँपालिकाले बजार अनुगमन गर्ने भएकाे छ ।
अनुगमन समितिकाे समेत सँयाेजक रहनुभएका गाउँ पालिका उपाध्यक्ष लक्ष्मी अधिकारीकाे सँयाेजकत्वमा बसेकाे बैठकले जुनसुकै समयमा पनि बजार अनुगमन हुनसक्ने निर्णय भएकाे बताईन् ।
Open photo
अनुगमनकाे समयमा यदि कुनै पनि पेशा व्यवसाय मा आमनागरिकलाई नाेक्सान वा घाटा हुने कुनै पनि गतिविधि भए गरिएको पाईएमा कानुन अनुसार हदैसम्मको कार्वाही हुने बताउदै उपाध्यक्ष अधिकारीले सबै पालिका भित्र आफ्नाे पेशा व्यवसाय सन्चालनमा दुरुस्त राख्न अपिल गरेकिछन् ।
अनुगमन उपसमितिमा जिल्ला प्रशासन ,घरेलु तथा साना किसान ,नापतौल ,प्रहरी ,कृषि तथा उध्याेग बाणिज्य कार्यलय काे सँयुक्त टाेलीले बजार अनुगमन गर्ने उपसमिति सँयाेजक समेत रहेका पशु सेवा प्रमुख अशाेक कुमार उपाध्यायले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0