छिट्टै पूर्ण विद्युतीकरण भएकाे देश घाेषणा गरिने

२०८१ श्रावण २५, शुक्रबार

यसका लागि विकट बस्तीहरूको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अघि बढिसकेको दावी गरे। उनले तीन वर्षको अवधिमा विद्युतीकरणमा उल्लेख्य उपलब्धी हाँसिल गर्न सफल भएको बताए।

२०७२/७३ विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै थियो भने, तीन वर्षअघि ८९ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशतमा पुगेको छ -घिसिङले बताए ।

आफ्नो तीन वर्षको कार्याकालको अवधिमा प्राधिकरणको वित्तीय सुधार, हरेक नागरिकको घरमा विद्युत पुर्‍याउन विदयुतीकरण,विद्युत आपूर्तिलाई पर्याप्त भरपर्दो गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरण क्षेत्रका पूर्वाधारहरूको विस्तार एवं सु्दृढीकरण, उत्पादन तर्फका विद्युत आयोजनाहरू अगाडि बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत निर्यातलाई उच्च प्राथमिकतामा राखी कार्य भइरहेको औंल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0