२०८१ जेष्ठ २५, शुक्रबार

विपिन पाठक,चितवन

भरतपुर। रगतको अभाव खड्किरहेको वर्तमान समयमा मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) जिल्ला समिति चितवनले आफ्नो १९औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

भरतपुर अस्पताल (सरकारी अस्पताल )को परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा दुई महिला सहित ३३ जना रक्तदाताले रक्तदान गरेका थिए । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पाैडेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे।

कार्यक्रममा भरतपुर अस्पताल सामाजिक सेवा इकाइ प्रमुख रामहरी ढकाल मेलानका केन्द्रीय सदस्य द्वय सुरज अधिकारी, विष्णुप्रसाद बास्तोला प्रादेशिक प्रयोगशालाका उपप्रमुख मेडिकल टेक्नोलोजिस्ट अनिल कुमार यादव भरतपुर अस्पतालका प्रयोगशाला विभागीय प्रमुख डाक्टर संजीव परियार विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष संजय बराल लगायतको उपस्थिति रहेको थियो।

मेलान चितवनका अध्यक्ष मणिराम महत्वको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । मेलान चितवनले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमहरू गर्दै आएको अध्यक्ष महताेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0