२०८१ जेष्ठ २४, बिहीबार
चितवन। भरतपुरकाे बसेनीमा निर्माणाधीन प्रेस चाैतारी नेपाल चितवनकाे भवनका लागि सहयाेग गर्ने अवसर मिलेकाेमा प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीका सदस्य लक्ष्मण गौतमले खुशी व्यक्त गर्नुभएकाे छ ।
पत्रकार गौतमले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्दै साे बताउनुभएकाे हाे । सो अवसरमा गौतम पत्नी बसुन्धरा गौतमको समेत उपस्थिती रहेको थियो ।
` याे हाम्राे तर्फबाट सानाे सहयाेग भएपनि चाैतारी भवन बन्ने कार्यले हामी सबैलाई धेरै खुशी तुल्याएकाे छ ।´ – गाैतमले भन्नुभयाे ।
प्रेस चौतारीको देशकै पहिलो भवन प्रेस चौतारी चितवनमा निर्माण हुनु खुसीको कुरा भएको भन्दैं वहाँले भवन प्रेस चौतारीका लागि मात्रै नभई देशभरका पत्रकारहरुको लागि गौरवको विषय हुने बताउनुभयाे । । भवनले जिल्लाका पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको सो अवसरमा गौतमले बताउनुभयो ।
जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा यस्तैं सामाजिक काममा सहयोग गर्न पाउँदा आफुलाई आनन्द लाग्ने गाैतम बताउनु हुन्छ ।
प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने गौतमलाई धन्यवाद दिँदै भवनले चाँडै नै पूर्णता पाउने बताउनुभयाे। पत्रकार गौतमले संगठन प्रति दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको अध्यक्ष पण्डित भनाई छ।
समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । भवनको तेस्रो तला ढलान गरिसकिएको छ ।
भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् ।
भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिनुभयाे ।