चितवन । पर्यावरण सम्बन्धि जनचेतना जागृत गराउने मूल ध्ययका साथ भरतपुर प्रज्ञा प्रतिष्ठानकाे सकृयतामा भरतपुर महानगरपालिका द्वारा आयाेजित राष्ट्रिय पर्या कविता प्रतियोगितामा २ सय ३० कविहरुलाई उछिन्दै हेटाैँडा कमानेका सुवास सेन्ताङ लामा प्रथम भएका छन् ।

 

देश भरबाट प्राप्त २ सय ३० कविताहरु बीच प्रारम्भिक छनाैटमा परेका १० कविहरु मध्यबाट अम्रेला स्टेट पटिहानीमा आज आयाेजित प्रतियोगिताबाट लामा प्रथम घाेषित भएका हुन् ।` चाैताराे एक आत्मालाप ´ शीर्षकमा लेखिएकाे उनकाे कविता प्रथम घाेषित भएकाे थियाे ।

यस्तै चन्द्रनिगाहपुर , राैतहटका कवि रेणुका `जीसी उभिएर आफ्नै चिहान माथि´काे कवितालाई द्वितीय घाेषणा गरिएकाे थियाे भने भरतपुर २८ चितवनका परिवेश चापागाईं तृतीय घाेषित भएका छन् ।उनकाे ‘भेन्टिलेटरकाे शहर’ कविताले तेश्राे बाजीमारेकाे हाे ।

प्रतियोगितामा हेटौंडाका समर्पण न्याैपाने र सँखुवासभाका सिजन श्रेष्ठका कविता प्राेत्साहनमा छानिएका छन् ।

` भरतपुर भ्रमण वर्ष – २०२४´ अवसर पारेर देशभरबाट प्राप्त श्रष्टाका कृतिहरु माथिकाे मूल्यांकन भने प्रर्यावरणविद डा.गिता त्रिपाठीका साथमा साहित्यकारहरु निमेष रेग्मी र प्रकाश चापागाईंकाे टिमले गरेकाे थियाे ।

राप्ती नदि तटीय क्षेत्र सरसफाइ आभियानकाे विशेष सहयाेगमा सम्पन्न साे कविता प्रतियोगिता कार्यक्रमकाे प्रमुख अतिथि भरतपुर महानगरपालिका २२ विष्णु महताेकाे प्रमुख आतिथ्यतामा सम्पनभएकाे थियाे ।

सैयाैँ श्रष्ठाहरुकाे उपस्थितिमा सम्पन साे सभाकाे सभाध्यक्षता भने प्रज्ञाप्रतिष्ठान भरतपुरका उपकुलपति इन्द्रप्रसाद रेग्मीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0