२०८१ जेष्ठ १७, शुक्रबार

चितवन । बिहीबार र शुक्रबार साँझपख आएकाे हावाहुन्डरी सहितकाे पानीका कारण पसाउदै गरेकाे र केही समय पछि बजार पठाउन तयार केराका बाेटहरु ढालिदिएपछि केरा उत्पादक किसानहरु ठुलाे मर्कामा परेका छन् ।

हिजाे र आज आएकाे हावाहुरीका कारण केरा बगानमा ठुलाे क्षेती पुगेकाे छ भन्नुहुन्छ रत्ननगर र खैरहनीमा करिव १५ बिगाहा जमिन भाडामा लिएर केरा खेती गर्नुभएका किसान बाबुराम भट्ट ।

हावाहुरीले केराकाे साथै मकैका बाेटहरु समेत भाचिदिएका कारण किसानलाई ठुलाे क्षेती भएकाे केरा केरा उत्पादक सँघ चितवनका अध्यक्ष माधव प्रसादघिमिरेले बताउनुभयो ।

केही बगानमा विमा गरेकाे भएपनि धेरै किसानहरुले विमा नगरेका र गरेका किसानकाे गत वर्षकै बीमाकमे भुक्तानी अझैसम्म नपाएकाे घिमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0