×
आइतबार, मङि्सर ०७, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

कथा : पुनर्मिलन – दुर्गा घिमिरे

नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

प्रहरी नेतृत्व परिवर्तन : बालेन सरकारको शक्ति परीक्षण कि संस्थागत सुधारको सुरुवात?

हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

प्रहरी कर्मचारीका गुनासा सुन्न तत्काल संयन्त्र निर्माण गर्ने

लोकप्रिय समाचार

  • १. नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

एआई र डिजिटल मार्केटिङमार्फत व्यवसाय प्रवर्द्धन: चितवन उवासंघमा अभिमुखिकरण सम्पन्न

२०८३ बैशाख १९, शनिबार

Advertisement

श्रीखबर/ सूचना, सञ्चार तथा प्रविधि दिवस २०८३ को अवसर पारेर चितवन उद्योग वाणिज्य संघ (उवासंघ) र कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा एआई (Artificial Intelligence) तथा डिजिटल मार्केटिङ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

भरतपुरस्थित उवासंघको सभाहलमा शनिबार आयोजित कार्यक्रममा वर्तमान प्रतिस्पर्धात्मक बजारमा एआईको प्रयोगमार्फत डिजिटल मार्केटिङ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा उद्योगी–व्यवसायीलाई जानकारी दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना प्रविधि विकासको मेरुदण्ड भएको उल्लेख गर्दै यसको प्रयोग अपरिहार्य भइसकेको बताए।

उनले प्रविधिको सकारात्मक उपयोगसँगै साइबर अपराध जस्ता चुनौती पनि बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आवश्यक रहेको धारणा राखे। चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले कृषि, शिक्षा, पर्यटन र स्वास्थ्यसँगै अब सूचना प्रविधिलाई पनि विकासको प्रमुख पूर्वाधारका रूपमा अघि बढाइएको जानकारी दिए।

उनले व्यवसायलाई प्रतिस्पर्धी बनाउन प्रविधिसँग जोडिनुपर्नेमा जोड दिँदै डिजिटल माध्यमबाट बजार विस्तार सहज हुने बताए। क्यान चितवनका अध्यक्ष विष्णुप्रसाद लामिछानेले स्वागत मन्तव्य राख्दै डिजिटल मार्केटिङले व्यवसाय प्रवर्द्धनमा सहजता ल्याए पनि साइबर सुरक्षासम्बन्धी जोखिम बढ्दो रहेको उल्लेख गरे।

प्रमुख जिल्ला अधिकारी सम्बन्धित नीति–नियमबारे जानकारी राख्न सबैलाई आग्रह गरे। कार्यक्रममा क्यान नेपालका केन्द्रीय सदस्य भानु शर्माले नेपालको समग्र विकासमा सूचना प्रविधिको भूमिकाबारे चर्चा गरेका थिए।

अभिमुखिकरण सत्रमा प्रा. डा. हरी भण्डारीले डिजिटल मार्केटिङका रणनीति र प्रवृत्तिबारे प्रस्तुति दिएका थिए भने डा. लोकेश गुप्ताले एआईको प्रयोग, अवसर र चुनौतीबारे जानकारी गराएका थिए।

कार्यक्रममा उवासंघका उपाध्यक्षद्वय दोय नारायण प्रधान र जनक पौडेल, कार्यकारी निर्देशक निलबहादुर के.सी., क्यान चितवनका पदाधिकारी, विभिन्न वस्तुगत संघका प्रतिनिधि,उद्योगी–व्यवसायीको सहभागिता रहेको कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए।

क्यान चितवनका अध्यक्ष विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण पोखरेलले गरेका थिए भने उपाध्यक्ष रुपक नेपालले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए।

आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै
नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने
कथा : पुनर्मिलन – दुर्गा घिमिरे
नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य
नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान
मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

लोकप्रिय

  • १.
    नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २.

  • ३.
    कथा : पुनर्मिलन – दुर्गा घिमिरे

  • ४.
    नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

  • ५.
    नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

  • ६.
    मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

  • ७.
    प्रहरी नेतृत्व परिवर्तन : बालेन सरकारको शक्ति परीक्षण कि संस्थागत सुधारको सुरुवात?

  • ८.
    हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.