२०८२ भाद्र २९, आइतबार
Advertisement
काठमाडौं । गृहमन्त्रालयकाे जिम्मेवारी ओमप्रकाश अर्याललाई दिनेगरि तीन मन्त्रीकाे टुङ्गो भएकाे छ।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेकाे सरकारमा कामगर्न कुलमान घिसिङलाई उर्जासँगै भाैतिक याेजना , यातायात शहरी विकास मन्त्रालयकाे जिम्मेवारी दिइने भएकाे छ। यसैगरी रामेश्वर खनाल अर्थमन्त्री हुनेभएका छन्। खनाल उच्चस्तरीय आर्थिक सुधार सुझाव आयाेगका अध्यक्ष हुन् भने कुलमान विद्युत प्रधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन्।
राजेश्वर खनाल भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहकार तथा कानुन व्यवसायी हुन्।
स्राेतका अनुसार उनीहरुको भाेली शपथ ग्रहण हुनेछ।




