×
आइतबार, मङि्सर ०७, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

कथा : पुनर्मिलन – दुर्गा घिमिरे

नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

प्रहरी नेतृत्व परिवर्तन : बालेन सरकारको शक्ति परीक्षण कि संस्थागत सुधारको सुरुवात?

हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

प्रहरी कर्मचारीका गुनासा सुन्न तत्काल संयन्त्र निर्माण गर्ने

लोकप्रिय समाचार

  • १. नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

चितवनमा निर्माण सामग्री व्यवसायीका लागि निःशुल्क कर तथा लेखा तालिम हुँदै

२०८३ असाेज ४, आइतबार
`व्यवसायीका लागि नि: शुल्क कर तथा लेखा व्यवस्थापन तालिम´
श्रीखबर/चितवन । निर्माण सामग्री (हार्डवेयर) व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई कर तथा लेखा व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले चितवनमा निःशुल्क विशेष तालिम आयोजना हुने भएको छ।
निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ, चितवन, जर्मन विकास सहयोग संस्था GIZ-RSRSD तथा उद्योग वाणिज्य संघ, चितवनको सहकार्यमा तालिम आयोजना गर्न लागिएको हो।
असोज  ४ गते आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ, चितवनको भवनमा सञ्चालन हुने तालिममा व्यवसायी तथा उनीहरूका लेखा हेर्ने कर्मचारीसमेत सहभागी हुन सक्ने आयोजकले जनाएको छ।
तालिममा लेखा व्यवस्थापन तथा लेखा राख्ने तरिका, कर तथा बजेटसम्बन्धी जानकारी, कर छुट तथा सरकारी प्रावधान, लेखा तथा करसम्बन्धी सम्भावित गल्ती र त्यसका समाधान लगायतका विषयमा जानकारी दिइनेछ। सहभागी व्यवसायीका जिज्ञासालाई समेत सम्बन्धित विज्ञमार्फत प्रत्यक्ष सम्बोधन गर्ने व्यवस्था गरिएको छ।
तालिममा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट तथा कर विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ। व्यवसायीलाई आफ्नो व्यवसाय थप व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन आवश्यक कर तथा लेखा प्रणालीबारे व्यावहारिक जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
आयोजकका अनुसार तालिम पूर्णतः निःशुल्क हुनेछ भने सहभागीका लागि चिया, नास्ता तथा खानाको समेत व्यवस्था गरिएको छ।
निर्माण सामग्री तथा हार्डवेयर व्यवसायसँग सम्बन्धित सम्पूर्ण व्यवसायीलाई आफ्ना अकाउन्ट तथा लेखा हेर्ने कर्मचारीसहित सहभागी हुन आयोजकले आग्रह गरेको छ।
“व्यवसायलाई व्यवस्थित, सुरक्षित र सफल बनाउन यो महत्वपूर्ण अवसरको सदुपयोग गरौँ” भन्ने सन्देशसहित आयोजकले चितवनका सम्पूर्ण निर्माण सामग्री व्यवसायीलाई तालिममा सहभागी हुन आह्वान गरेको छ।

Advertisement

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै
नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने
कथा : पुनर्मिलन – दुर्गा घिमिरे
नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य
नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान
मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

लोकप्रिय

  • १.
    नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २.

  • ३.
    कथा : पुनर्मिलन – दुर्गा घिमिरे

  • ४.
    नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

  • ५.
    नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

  • ६.
    मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

  • ७.
    प्रहरी नेतृत्व परिवर्तन : बालेन सरकारको शक्ति परीक्षण कि संस्थागत सुधारको सुरुवात?

  • ८.
    हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.