×
शनिबार, मङि्सर ०६, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

कथा : पुनर्मिलन – दुर्गा घिमिरे

नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

प्रहरी नेतृत्व परिवर्तन : बालेन सरकारको शक्ति परीक्षण कि संस्थागत सुधारको सुरुवात?

हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

प्रहरी कर्मचारीका गुनासा सुन्न तत्काल संयन्त्र निर्माण गर्ने

लोकप्रिय समाचार

  • १. कथा : पुनर्मिलन – दुर्गा घिमिरे

  • २. नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • ३. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

पशुपतिनाथ मन्दिरमा सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने


२८ भाद्र २०८३, आइतबार

Advertisement

तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने भएको छ ।

पशुपति क्षेत्र विकास  कोषका अनुसार यस वर्षको हरितालिका तीज भदौ २९ गते सोमबार परेको छ । तीजका दिन मन्दिर खुलेदेखि नै उत्तर, पूर्व र दक्षिणतर्फका तीन ढोकामा पारदर्शी जाली राखेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । गत वर्षझैँ यस वर्ष पनि विशेष पूजा तथा विशेष दर्शनको व्यवस्था गरिएको छैन ।

कोषले आइतबार पत्रकार सम्मेलन गर्दै तीजका दिन व्रतालु महिला, दर्शनार्थी तथा भक्तजनलाई सहज, व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउने व्यवस्था मिलाएको जानकारी दिएको हो ।

कोषका अनुसार यस वर्षको हरितालिका तीज भदौ २९ गते सोमबार परेको छ । तीजका दिन मन्दिर खुलेदेखि नै उत्तर, पूर्व र दक्षिणतर्फका तीन ढोकामा पारदर्शी जाली राखेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । गत वर्षझैँ यस वर्ष पनि विशेष पूजा तथा विशेष दर्शनको व्यवस्था गरिएको छैन ।

कोषले दर्शनार्थीको भीड व्यवस्थापनका लागि विभिन्न क्षेत्रबाट आउने भक्तजनका लागि छुट्टाछुट्टै दर्शन मार्ग निर्धारण गरेको छ । मित्रपार्क तथा उमाकुण्डतर्फबाट आउने भक्तजनलाई उमाकुण्ड, दक्षिणामूर्ति, कैलाश, बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्‍याम्पमा लगेर दर्शन गराइनेछ ।

त्यसैगरी गौशाला–जयबागेश्वरीतर्फबाट आउने भक्तजनलाई जयबागेश्वरी, दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै महास्नान घरअगाडि राखिएको अस्थायी आकाशे पुलबाट भुवनेश्वरी, नासलचोक र शंकराचार्यमठ अगाडिको आकाशे पुल हुँदै प्रहरी पहरा गणको सानो ढोकाबाट पशुपतिनाथको पश्चिमतर्फको र्‍याम्पमा पुर्‍याइनेछ ।

सिनामंगल तथा विमानस्थलतर्फबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटन काउन्टरसँगै रहेको गेट, राम मन्दिर, बागमती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल हुँदै पूर्व ढोकामा राखिएको र्‍याम्पबाट दर्शन गराउने व्यवस्था गरिएको छ।

पिङ्गलास्थानतर्फबाट आउने भक्तजनलाई पिङ्गलास्थानको ढोकाबाट चार शिवालय, पञ्चदेवल, वृद्धाश्रम हुँदै दक्षिणतर्फको ठूलो ढोकाअगाडि राखिएको अस्थायी आकाशे पुलबाट सानो ढोकातर्फ लगिनेछ। त्यसपछि चौसठ्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गराई उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूल भट्ट निवासअगाडिबाट फर्काउने व्यवस्था गरिएको छ।

कोषका अनुसार मन्दिरबाहिर पाँचवटा लाइन रहनेछन् भने मन्दिर परिसर प्रवेश गरेपछि आठवटा लाइनमा विभाजन गरिनेछ । उत्तरतर्फ तीन, पूर्वतर्फ दुई, दक्षिणतर्फ एक र पश्चिमतर्फ दुई लाइन रहनेछन्। एकपटकमा आठ जना भक्तजनले दर्शन गर्नसक्ने गरी छिटो दर्शन गराउने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

सुरक्षा व्यवस्था कडा

तीज पर्वलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले आ–आफ्नै कमान्ड पोस्ट स्थापना गरी सुरक्षा व्यवस्था मिलाउने भएका छन् ।

भकुण्टोलस्थित भण्डारी गुठी घरअगाडि नेपाल प्रहरीको मूल शिविर रहनेछ। पशुपति क्षेत्रका गोरखनाथ, विश्वरूपा क्षेत्र, किराँतेश्वर, गुह्येश्वरी, गौरीघाट, उमाकुण्ड, कैलाश, मित्रपार्क, जयबागेश्वरी, गौशाला, पिङ्गलास्थान, तिलगंगा, सूर्यघाट, आर्यघाट, भष्मेश्वर घाट, किरियापुत्री क्षेत्र, राम मन्दिरलगायत आवश्यक स्थानमा पिकेट तथा कर्डन स्थापना गरी सुरक्षा व्यवस्था सुदृढ गरिनेछ ।

पाकेटमारी तथा अन्य अनियमित गतिविधि रोक्न पर्व सुरु हुनुभन्दा दुई दिनअघिदेखि नै सादा पोसाकमा प्रहरी परिचालन गरिने भएको छ। शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर आवश्यकताअनुसार नियन्त्रणमा लिने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

पशुपति क्षेत्र मांस तथा मदिरा निषेधित क्षेत्र भएकाले मांस, मदिरा तथा अन्य लागू पदार्थको बिक्री–वितरण र सेवनमा पूर्ण रोक लगाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सार्वजनिक सूचना प्रकाशनका लागि अनुरोध गर्ने निर्णयसमेत गरिएको छ।

तीज महिलाको विशेष पर्व भएकाले विगतमा जस्तै निश्चित कोर क्षेत्रभित्र सामान्यतया पुरुष प्रवेश गर्न नपाउने व्यवस्था कायम रहनेछ । महिला हिंसा हुन नदिन मेला अवधिभर सुरक्षा गस्ती तथा अनुगमन बढाइने कोषले जनाएको छ ।

कोषले मन्दिर दर्शनका लागि कुनै पनि प्रकारको पासको व्यवस्था नगरेको स्पष्ट पारेको छ । पुरुष नित्य दर्शनार्थीले सबै क्षेत्रका दर्शन मार्गका ढोकाबाट बिहान ५ः३० बजेसम्म प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

स्थानीय बासिन्दाले काठमाडौं महानगरपालिका–८ बाट जारी गरिएको स्थानीय पासका आधारमा आफ्नो निवासबाट कार्यालय वा कार्यक्षेत्रतर्फ जान र साँझ निवास फर्कन पाउने व्यवस्था मिलाइएको छ।

यसैगरी स्वयंसेवा गर्ने संघसंस्थाले तोकिएको कार्यक्षेत्रमा मात्रै स्वयंसेवा गर्नुपर्ने र नेपाल प्रहरीको समन्वय तथा निर्देशनमा काम गर्नुपर्ने व्यवस्था गरिएको छ। अघिल्लो दिनदेखि बागमती नदीपारि राम मन्दिरको दक्षिण छेउमा सञ्चालन गरिने जुत्ता–चप्पल कक्षको सुरक्षाका लागि समेत प्रहरी परिचालन गरिने कोषले जनाएको छ।

 

आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै
नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने
कथा : पुनर्मिलन – दुर्गा घिमिरे
नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य
नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान
मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

लोकप्रिय

  • १.
    कथा : पुनर्मिलन – दुर्गा घिमिरे

  • २.
    नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • ३.
    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

भर्खरै

  • १.
    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

  • २.
    नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • ३.
    कथा : पुनर्मिलन – दुर्गा घिमिरे

  • ४.
    नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

  • ५.
    नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

  • ६.
    मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

  • ७.
    प्रहरी नेतृत्व परिवर्तन : बालेन सरकारको शक्ति परीक्षण कि संस्थागत सुधारको सुरुवात?

  • ८.
    हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.