×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

जापानमा ७ रेष्टुरेन्ट चलाएका प्रकाश आचार्यको चितवनमा १२ करोड लगानी : ‘सीप र पैसा दुवै विदेशबाट ल्याएर नेपालमै उद्यम गर्दै ’

२०८३ भाद्र २७, शनिबार

Advertisement

@ कृष्ण खनाल

श्रीखबर/चितवन । जापानमा १६ वर्षको व्यावसायिक अनुभव हासिल गरी त्यहाँ सातवटा रेष्टुरेन्ट सञ्चालन गरिरहेका नेपाली उद्यमी प्रकाश आचार्यले चितवनमा १२ करोड रुपैयाँ लगानीमा अत्याधुनिक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्।

भरतपुर महानगरपालिका–१०, दिपेन्द्र चोकस्थित सिनर्जी रोडमा आफ्नै जग्गामा आचार्यले ‘Chiton Spicy Herb’ नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।

विदेशमा लामो समय काम गरेर आर्जन गरेको सीप, अनुभव र पूँजीलाई स्वदेशमै लगानी गर्ने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको आचार्यको भनाइ छ। ‘सीप र पैसा दुवै विदेशबाट ल्याएर नेपालमा उद्यम गर्दैछु,’ आचार्यले भने।

जापानमा विभिन्न रेष्टुरेन्टमा काम गर्दै व्यावसायिक अनुभव हासिल गरेका आचार्यले अहिले जापानको टोकियोका विभिन्न क्षेत्रमा सातवटा रेष्टुरेन्ट सञ्चालन गरिरहेको बताएका छन्। टोकियोको खाचिदोमी, चुचुकिस्मा, चुुकडा, हरुमी, तोयोसु र तोयोचो लगायतका क्षेत्रमा उनका रेष्टुरेन्ट सञ्चालनमा छन्। जापानमा प्राप्त अनुभव र सीपलाई नेपालमा प्रयोग गर्ने उद्देश्यले चितवनमा नयाँ अवधारणासहित रेष्टुरेन्ट सञ्चालनमा ल्याएको आचार्यले बताए।

६० जनासम्म बस्न सक्ने दुई हल रेष्टुरेन्टमा ३०–३० जना क्षमताका दुईवटा हलसहित करिब ६० जनासम्म बस्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै करिब एक सय जनाको क्षमता भएको छुट्टै रेष्टुरेन्ट तथा दुई सय जनासम्म अट्ने रूफटप रेष्टुरेन्टसमेत सञ्चालनमा रहेको जनाइएको छ। रेष्टुरेन्ट परिसरमा २५ वटा कार र करिब एक सय मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ।

चार कठ्ठा जमिनमा निर्माण गरिएको संरचनामा जग्गाबाहेक करिब पाँच करोड रुपैयाँ लगानी भएको आचार्यले बताएका छन्। समग्र परियोजनामा भने करिब १२ करोड रुपैयाँ लगानी गरिएको उनको भनाइ छ।

जापानीदेखि दक्षिण एसियाली परिकारसम्म-

आचार्यका अनुसार रेष्टुरेन्टमा जापानी, इण्डियन, चाइनिजलगायत दक्षिण एसियाली परिकारको फ्युजनसहितका नयाँ स्वाद ग्राहकलाई उपलब्ध गराउने तयारी गरिएको छ। ‘नेपालका अन्य रेष्टुरेन्टभन्दा फरक स्वाद र सेवा दिने गरी मेनु तयार गरेका छौँ,’ उनले भने।

परिवारसँगै बसेर खानपिन गर्न सकिने वातावरणलाई प्राथमिकता दिइएको रेष्टुरेन्टले जनाएको छ। बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म विभिन्न खानाका परिकार उपलब्ध हुने तथा होम डेलिभरी सेवासमेत सञ्चालन गरिएको छ। बैठक, गोष्ठी, सेमिनार, साधारणसभा, अधिवेशन, जन्मदिन, एनिभर्सरी, पारिवारिक जमघट तथा साथीभाइसँगको भेटघाटका लागि समेत उपयुक्त हुने गरी रेष्टुरेन्टको संरचना तयार गरिएको आचार्यले बताए।

विदेशमा कमाएको सीप स्वदेशमा लगानी –

लामो समय विदेशमा बसेर काम गरेपछि स्वदेश फर्किएर उद्यममा लगानी गर्ने आचार्यको प्रयासलाई विदेशमा सिकेको सीप र अनुभव नेपालमा उपयोग गर्ने उदाहरणका रूपमा समेत लिन सकिन्छ। विदेशमा नेपाली युवाले आर्जन गर्ने सीप, अनुभव र पूँजीलाई नेपालमै उद्यम तथा रोजगारी सिर्जनामा लगाउन सके त्यसले स्वदेशी अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने आचार्यको विश्वास छ।‘विदेशमा सिकेको सीप र कमाएको पूँजी नेपालमै प्रयोग गर्नुपर्छ भन्ने सोचले यो व्यवसाय सुरु गरेको हुँ,’ उनले बताए।

रेष्टुरेन्टले आगामी दिनमा जापानमा हासिल गरेको आतिथ्य सत्कार, खाद्य परिकार तथा व्यवस्थापनसम्बन्धी अनुभवलाई चितवनमा प्रयोग गर्दै स्थानीय ग्राहकलाई फरक स्वाद र सेवा दिने लक्ष्य लिएको छ।

शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४.

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.