×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

गैरीबारी–चापागौंडी–शेरबास कालोपत्रे सडकको शिलान्यास, ३ करोड बजेटमा रिङरोड विस्तार हुदै

२०८२ मङ्सिर २९,साेमबार

Advertisement

श्रीखबर/ चितवनको कालिका नगरपालिकामा रिङरोडको महत्वपूर्ण खण्ड मानिने गैरीबारी, चापागौंडी हुँदै शेरबास जाने कालोपत्रे सडक तथा पक्की नाला निर्माण कार्यको शिलान्यास गरिएको छ।

कालिका नगरपालिका वडा नं. ८ गैरीबारीमा आयोजित कार्यक्रममा नगर प्रमुख विनोद रेग्मीले शिलान्यास गर्नुभएकाे हाे। आयोजनाअन्तर्गत १ हजार ६ सय ५० मिटर कालोपत्रे सडक र २ हजार ६ सय ५० मिटर पक्की नाला निर्माण गरिनेछ।

नगर प्रमुख रेग्मीले विकास निर्माण कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै यो सडकले वैकल्पिक मार्गको विकास, पर्यापर्यटन प्रवर्द्धन, कृषि उपजको सहज ढुवानी तथा सडक जनघनत्व न्यूनीकरणमा महत्वपूर्ण योगदान दिने बताए।

साथै, यो सडकले कालिका नगरपालिकाको आर्थिक विकासमा रणनीतिक टेवा पुर्‍याउने मेयर रेग्मीको भनाइ थियो। “आगामी आर्थिक वर्षमा कालिकाको शेरबाससम्मै पुग्ने गरी यो सडक जोड्ने लक्ष्य लिएका छौं,” नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको दैनिकी सहज हुने अपेक्षा व्यक्त गर्दै उनले नगरका अन्य क्षेत्रका अधुरा बाटाघाटो पनि क्रमशः विस्तार गरिँदै जाने बताउनुभयाे।

नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार सो आयोजनाका लागि नगरपालिकाबाट रु १ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट रु १ करोड २० लाख गरी कुल ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। यद्यपि, जी.ए. राम माता कंकालिनी जेभी, चितवनसँग रु २ करोड ३ लाख ९० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उनले जानकारी दिनुभयाे।

इन्जिनियर खतिवडाका अनुसार २०८२ मंसिर २५ गते ठेक्का सम्झौता भई २०८३ साल जेठ ३१ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसअघि नै नगरपालिकाले कालिका–८ गैरीबारी झरना जाने बाटोलाई पक्की सडकका रूपमा विकास गरिसकेको छ।

शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं, नगर प्रवक्ता लक्ष्मण पौडेल, वडा नं. ८ का वडा अध्यक्ष चित्रबहादुर मगर, वडा सदस्यहरू तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

सोमबार, मङि्सर ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.