×
आइतबार, मङि्सर ०७, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

कथा : पुनर्मिलन – दुर्गा घिमिरे

नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

प्रहरी नेतृत्व परिवर्तन : बालेन सरकारको शक्ति परीक्षण कि संस्थागत सुधारको सुरुवात?

हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

प्रहरी कर्मचारीका गुनासा सुन्न तत्काल संयन्त्र निर्माण गर्ने

लोकप्रिय समाचार

  • १. नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

जेन्जी आन्दोलनमाथि एक दृष्टि: नारायण पाैडेल


२०८२ असाेज २, बिहीबार

Advertisement

@ नारायण पौडेल चितवन।

जेजजी ( Gen Z) को आन्दोलन भाद्र २३ र घुसपैठ लुटपाट भाद्र २४ लाई विश्लेषण हुँदै विभिन्न माध्ययमबाट कुराहरू बाहिर आइनै सकेका छन । २३ गतेको आम्दोलनमा राज्य पक्षबाट भएको हत्यामा ज्यान गुमाउनुहुने Gen Z का कलिला मुनाहरु प्रती भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेहरूको शिघ्र अनि पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु । अपराधसंग जोडिएका जो कोहिलाई पनि हदैसम्मको कानुनी कार्बाहीको जोडदार माग गर्दछु । सम्पुर्ण परिबारजनमा समबेदना ब्यक्त गर्दछु ।

वास्तविक आन्दोलनकारी पुस्ताका आंशिक मागहरु पूरा भएका छन र बाँकी मुद्दाहरु पनि संविधानसम्मत पूरा गर्ने जिम्मेवारीका साथ Gen Z कै निर्णय अनुसार अन्तरिम सरकार गठन भएको छ ।अबको बाँकी कामको जिम्मेवारी यहि सरकारमा छ । साथ हामी सबैको रहने नै छ ।

२४ गतेको पछिल्लो घटनाक्रमहरु जो वास्तविक Gen Z हरुकै भनाइ अनुसार उनिहरुको निर्देशन र सम्लग्नता नभएका घटनाको समेत यो सरकारले छानबिन गरि राज्यको सम्पत्तिलाई ध्वस्त पार्नेहरुलाई कानुनी कार्बाही गर्नु पर्छ । अझ भन्ने हो भने ती सचेत Gen Z हरुले आफ्नो शान्तिपुर्ण आन्दोलनलाई भडकाउने र आन्दोलनलाई बदनाम गराउने गरि भएका त्यस्ता क्रियाकलाप मा संलग्न भित्री र बाहिरी तत्वहरुलाई खोजी गर्न सरकारलाई सहयोग गर्ने अभियान चलाउनु पर्दछ । सबै सचेत नागरिकले साथ दिनै पर्छ ।

माग र मुद्दाहरूको दृष्टिले Gen Z को आन्दोलनलाई सम्मान गर्न सकिए पनि आफ्नो आन्दोलनको मोडालिटी र समापन र आन्दोलन पस्चात हुने प्राप्तिलाई सस्थागत गर्ने परिपक्वता बिल्कुलै नभएकै कारण उनीहरुकै भाषामा भन्दा आन्दोलन नै हाइज्याक भयो । यो दुर्भाग्यपूर्ण हो । यसो हुनुमा मैदानी नेतृत्व नभई कोठामा बसेर गरिने डिजिटल नेतृत्व हुनु नै प्रमुख कारण हो ।

देशैभरका सार्बजनिक सम्पत्तिको बिनासको जिम्मेवारी त्यो Digital Cliking Leader ले पनि लिनु पर्दछ । त्यो जो कोहि होस्। भाद्र २३ गते देखि आजसम्मका घटनाक्रमहरुको विश्लेषण, विभिन्न सञ्चार माध्यममा आएका सूचना आदिको विश्लेषण गर्दा के पक्का के भन्न सकिन्छ भने बिचरा ती खास आन्दोलनकारी Gen Z लाई थाहा दिइएको आन्दोलनको आबरणको मुद्दा भ्रस्टाचार , नाताबाद र सामाजिक सन्जाल स्वतन्त्रता मात्रै भएको देखिन्छ ।Digital Clik Keyboard मा बस्नेहरुको आन्दोलनको भित्री स्वार्थ अर्कै भएको देखिन्छ । अन्ततः यसको सबल प्रमाण नै के हो भने आन्दोलनको उठानको नेतृत्व र समापनको नेतृत्व आकस्मिक परिबर्तन हुनु र आन्दोलन मात्र नभै खास आन्दोलनकारी समेत हाइज्याक को सिकार हुनु हो । यहि आन्दोलनलाई मौकाको फाइदामा परिणत गर्न खोज्ने कतिपय राजानीतिक दल र अन्य समुहहरुका कारण पनि आन्दोलन थप बदनाम हुनु पर्यो ।

स्वदेशी तथा बिदेशी सन्चार माध्ययमहरु र विश्लेषकहरुकाे निष्कर्ष नियाल्दा पनि के प्रस्ट हुन्छ भने भ्रष्टाचार , कुशासन , नाताबाद आदि आदि जस्ता आन्तरिक कारण मात्रै यो आन्दोलनको उठानको तानाबुना गासिएको नभै भू-राजनितिक तथा अन्तर्राष्ट्रिय कारणहरु पनि रहेको छ। त्यस्ता शक्तिकेन्द्रहरुले चलखेल गरि नेपाल र नेपाली सार्बभौमिकता माथी योजनाबद्द आक्रमण गराइएको प्रस्ट हुन्छ

। दु:खको कुरा ती अबोध Gen Z हरुलाइ यो कुराको सुइको समेत नदिइ यत्रो बिनाश गराएर पनि ती शक्तिकेन्द्र्हरु शान्त छैनन् । अझै बल मैदानमै छोडेर बाहिर तमासा हेरेझै गरेर भित्र नेपालमा दीर्घकालिन अशान्ती र अस्थिरताको खेल खेलिनै रहेका छन । यो नकाब जुन दिन खुस्कन्छ त्यो दिन फेरि Gen Z मात्र हैन अल्फा बिटा सहित सारा नेपाली मातृभूमिको रक्षार्थ सडकमा उत्रन्छन । सचेतनापूर्ण हिसाबले ।

भनिन्छ नि ज्वरो आफैमा रोग हैन तर भित्री कुनै भयानक रोगको संकेत हो । नेपाल आवरणमा हेर्दा भ्रस्टाचार , कुशासन आदि आदि जस्ता ज्वरोको कारण मृत्युशैयामा रहेको मात्र नभै अतिक्रमित नेपाली भूमी , MCC , BRI हुँदै एक चीन (तिब्बती स्वतन्त्रता) र Chicken Neck जस्ता धेरै पर्दा पछाडीका भित्रि कारण आज नेपालले यो हबिगत ब्यहोर्न परेको छ ।

राष्ट्रको यो जटिल परिस्थितिमा सबै नेपाली चनाखो हुँदै हरेक क्लिकमा आउने उत्तेजक सन्चारको विश्लेषण गरेर मात्र धारणा बनाउनु जरुरी छ भने अर्को तिर लोकतान्त्रिक प्रणालिमा दलको बिकल्प दल नै भएकोले हरेक दलले आफुलाई Complete Reform गर्दै देश र जनता प्रती उत्तरदायी बन्ने प्रणका साथ दम्भ र घमन्ड त्यागी टावरको पावरमा हैन जनताको पावरमा पार्टी र सत्ता चलाउने गरि जनतामा फर्कनु जरुरी छ ।

वास्तवमा नै युवा भविष्यको कर्णधार मात्र होइनन् वर्तमानका हिस्सेदार पनि हुन् । उनीहरूको शरीरमा बग्ने तातो रगतसँगै चिन्तनको गहनतम आयाम र सचेतनासहितको जागरणयुक्त बीज निर्माण गर्न सके मात्र राष्ट्रियता थप सुदृढ बन्दै विकासको गतिमा गतिशील बन्नेछ।

बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै
नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने
कथा : पुनर्मिलन – दुर्गा घिमिरे
नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य
नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान
मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

लोकप्रिय

  • १.
    नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २.
    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

भर्खरै

  • १.
    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

  • २.
    नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • ३.
    कथा : पुनर्मिलन – दुर्गा घिमिरे

  • ४.
    नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

  • ५.
    नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

  • ६.
    मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

  • ७.
    प्रहरी नेतृत्व परिवर्तन : बालेन सरकारको शक्ति परीक्षण कि संस्थागत सुधारको सुरुवात?

  • ८.
    हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.