२०८१ श्रावण २७, आइतबार

काठमाडौं । पार्टी अध्यक्ष पुप्पकमल दाहाल ` प्रचण्ड ´ का कारण पार्टी कम्जाेर भएकाे भन्दै नेता जनार्दन शर्माले अब नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन् ।

 

माओवादी केन्द्रकाे उपमहासचिव समेत रहेका शर्माले स्थायी कमिटीको बैठकमा १४ पृष्ट लामो प्रस्ताव पत्र पेश गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई सहीतरहले चलाउन नसकेको आराेप लगाएका हुन् ।

वैचारिक काम र सत्ताकाे नेतृत्व प्रचण्डले गरेपनि पार्टीको नेतृत्व भने उहाँले चाहेकै अर्काे व्यक्तिलाई हस्तान्तरण गर्नुपर्ने र त्याे युवापुस्ता हुनुपर्ने शर्माले बताएका छन् ।

शर्माकाे माग छ ` पार्टीको हालकाे केन्द्रीय समिति भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयाेजक समिति बन्नपर्दछ । प्रत्यक्ष निर्वाचन प्रकृयाबाट केन्द्रीय नेतृत्व चुनिनुपर्छ ।´

अध्यक्ष प्रचण्ड र वहाँकाे निकटतम नेताहरु भने सरकार छाेड्नासाथ पार्टीको नेतृत्व परिवर्तन परिवर्तन गर्दा पार्टी कार्यकर्ता र जनतामा गलत म्यासेज जाने हुनाले हाललाई प्रचण्डले नै पार्टीको नेतृत्व गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0