जेष्ठ ६, काठमाडौं।

सञ्चार माध्यम र यस्तै देखिने विभिन्न माध्यमबाट समाचार जस्तै देखिने भ्रामक र काल्पनिक साथै अनुसन्धानलाई समेत प्रभावपार्ने प्रकृतिका खबरहरु प्रकाशन,प्रशारण भैरहेकाेमा प्रेस काउन्सिल नेपालले प्रेस विज्ञप्ति मार्फत चिन्ता व्यक्त गरेकाे छ।

श्राेत र प्रमाणले पुप्टी नहुने बिषयलाई समाचार वा जुनसुकै नाममा प्रकाशन ,प्रसारण हुनु कानुनकाे नजरमा दण्डनीय अपराध हुने भएकाे ले कानुन बमाेजिम कार्वाही हुने काउन्सिलले जनाएको छ।यदि कुनै पनि पत्रकार र सन्चार माध्यमले पत्रकार आचार सँहिता विपरीत कार्य गरेमा आचार सँहिता २०७३(पहिलो शँशाेधन,२०७६)काे दफा ७ काे उपदफाहरु ४/३,४/६र ५/११ उलङ्घन हुनेभएकाेले त्यस प्रति सचेत हुन समेत काउन्सिलले सम्बन्धित पक्षकाे ध्यानाकर्षण गरेकाे छ। हाल बजारमा विभिन्न बिधुतिय उपकरण मार्फत प्रसारण भैरहेका सामाग्रीले विभिन्न प्रकृतिबाट भैरहेकाे अनुसन्धानलाई नै प्रभाव सक्ने विषय प्रति समेत काउन्सिलकाे गम्भीर ध्यानकेन्द्रित भएकाे जनाएको छ।

काउन्सिलले आचार सँहिता उलङ्घनका बारेमा अनुगमन तथा नियमन कार्यमा सकृयता बढाउदै लगिरहेकाे छ भने केहिलाई कानुनी कार्वाही समेत गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0