२०८१ असाेज २५,शुक्रबार

आशिष आचार्य

ललितपुरकाे च्यासलस्थित नेकपा एमालेकाे केन्द्रीय कार्यालयमा पटकपटक बाढी पसर क्षति पुर्याएपछि कार्यालय नै स्थानान्तरण गरिने भएकाे छ । एमालेकाे हिजाे बसेकाे सचिवालय बैठकले आज शुक्रबार १२ बजेर २५ मिनेटकाे साइतमा कीर्तिपुर स्थित जग्गामा कार्यालयकाे शिलान्यास गरिने केन्द्रीय कार्यालयले जनाएको छ ।

२०५२ सालकाे भुकम्पले बल्खुस्थित कार्यालय भवन भत्किएकाले बबरमहलमा सारिएकोमा केहिसमय पछि नै एमालेले कार्यालयलाई ललितपुरस्थित पुष्पलाल स्मृति भवनमा स्थापना गरेकाे थियाे । खाेलाकाे किनारमै रहेका कारण च्यासल स्थित भवन यसपटककाे मनसुनमा मात्रै चारपटक बाढी पसिसकेकाे छ ।