२०८१ असाेज १५, मँगलबार

काठमाडौं । आफुलाई तारेखमा छाडेर अदालतले आमाको भूमिका निभाएकाे दुर्गा प्रसाईंले बताएका छन् ।

अदालतकाे आदेशमा धराैटी जमानीमा छुटेका प्रसाईंले छुट्नु लगत्तै कार्यकर्ता माझ भने `आफुलाई सिध्याउन एउटा महिला उचालेका थिए तर अदालतले न्याय दिएकाे छ´।आजैका दिनबाट आफू राजनीतिमा आएकाे समेत उनले घाेषणा गरे ।

अदालतबाट छुटेपछि प्रसाईंलाई कार्यकर्ताले स्वागत अभिनन्दन गरेका थिए । हिरासतमा रहदा प्रहरीले आफुलाई राम्रो व्यवहार गरेपनि वीर अस्पतालसँग भने गुनासाे रहेकाे प्रसाईंले बताएका छन् ।

`म दुईपटकसम्म क्यान्सरको अप्रेसन गरेकाे मान्छेलाई अदालतमा बयान दिन गएकाे माैका छाेपेर डिस्चार्ज गरेर निकाले । अस्पतालमा बसेर उपचार गर्न पाउने मेराे मानव अधिकार समेत वर्तमान सरकारले हनन गर्याे´ – प्रसाइँले भनेका छन् ।

उनले आफ्नाे लडाइँ वर्तमान सत्ता र सरकार प्रमुखसँग भएकाे बताएका छन् ।