२०८१ असाेज १४, साेमबार

दाजु नवीन

अब हजुर हाम्राे क्याम्पसमा कहिल्यै स- शरीर आउनुहुदैन रे हाे? दाजु हजुर त हामीलाई टुहुराे बनाएर नफर्कने गरि सदासदाकाे लागि महायात्रा तय गरनुभयाे रे ।

त्याे झ्याप्ले खाेला माथि आएकाे पापी पहिराले तपाईंको सबैसबै इच्छा र सपनालाई आफुसँगै लग्याे ,कहिल्यै नफर्कने गरी ।

दाजु हजुरकाे सँगठन, सँगठन प्रतिकाे अगाध प्रेम, साथीहरसँग गर्ने मिलनसार व्यवहार र माया अब न कहिल्यै सँगठनले पाउने भयाे न त हामीले नै ।

निरन्तर परेकाे पानीले खसाएकाे पहिराेमा परि थुप्रै मानवकाे भाैतिक शरीर शवमा परिणत गरायाे । यीनै शवहरुकाे बीच एउटा  जेहेन्दार विद्यार्थी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा विएस्सी. एजी.मा अध्ययनरत हाम्रा दाजु नवीन सिँहका सबैसबबै सपनाहरु सदासदाका लागि निमिट्यान्न भए ।

विएस्सी. सक्काएपछि विदेशमा गएर विज्ञता हासिलगर्ने हाे भन्नुहुन्थ्यो दाजु अब तपाईं नै हाम्राे माझमा रहनुभयाे न त तपाईंको सपना नै ।

प्रीय दाजु नवीन तपाईंको आत्माको चिरशान्तिकाे कामना । भावपूर्ण श्रद्धाञ्जली । साेकमा  पर्नुहुने बुबा नरेन्द्र बहादुर सिँह सहित सँपूर्ण परिवार प्रति हार्दिक समवेदना ।।

• दीक्षा खनाल

एवं

स्थानीय विद्यार्थी समाज

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर