२०८१ असाेज १४, साेमबार

‘काडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।

चितवन उद्योग संघकाे आयाेजनामा सञ्चालन भैरहेकाे पर्व मेला मेला २०८१ अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा चितवनमा पहिलोपटक हुन लागेको हुन लागेको ‘काडा अटो शो २०८१’ को तयारी अन्तिम चरणमा पुगेको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

आगामी असाेज १६ देखि १९ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न हुने अटो शोमा २० भन्दा बढी ब्राण्डका गाडी प्रर्दशनीमा राखिने चितवन अटोमोबाइल डिलर्स एशोसियसनका अध्यक्ष राजन पियाले जानकारी दिनुभयो ।

मेलामा गाडी तथा मोटरसाइकलहरु प्रदर्शनीमा राखिनेछ । गाडी किन्ने ग्राहकहरुलाई आर्कषक स्कीम तथा छुटको व्यवस्था समेत गरिएको प्रर्दशनी कक्षभित्र २१ वटा स्टल समेत रहने छ जस्मा कार, जिप, मोटरसाइकल र स्कुटरको स्टल रहनेछन् । जिप र माइक्रोको समेत पाँच वटा स्टल प्रर्दशनी हल बाहिर चौरमा रहनेछन् ।