२०८१ असाेज १३, आइतबार

नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरो हटाएसँगैआइतबार साँझ साढे ७ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनहरू थानकोटमै रोकिएका थिए । सडक सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

चन्द्रगिरी नगरपालिका–२ र धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका–९ को सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा ३५ जनाको शव भेटिएको थियो ।

बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस असोज ११ गते शुक्रबार बिहान पहिरोमा पुरिएका थिए । गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पहिरोमा परेको थियो । यसैगरी बा १ प १३८८ नम्बरको बससमेत क्षति पुगेको