२०८१ असाेज १२, शनिबार
चितवन । पुलमाथिबाटै त्रिशूली नदि बग्न थालेपछि नारायणी नदी सहित देशभर बाढी, ढुवान र पहिराे काे जाेखिम बढ्दाे रहेकाे छ ।
दासढुङ्गा स्थित तनहुँ र चितवन जाेड्न बनेकाे पक्की ( माेटरेवल) पुलमाथिबाट त्रिशूली नदि बग्नथाले पछि खतराकाे जाेखिम बढेकाे हाे ।
नारायणी नदिमा जलप्रवाह बढेसगै देवघाट स्थित विभिन आश्रम तथा भवनहरुमा माथिसम्म पानी पसेकाे छ ।
यसैगरी मुग्लिनमा समेत युथ भवन वाढीका कारण जाेखिममा परेकाे छ। नारायणी नदिले खतराकाे तह पारगर्नुका साथै बाढी बस्तीमा प्रवेश गर्नथालेकाे छ ।