२०८१ असाेज ८, मँगलबार

चितवन सहकारी सँस्थाकाे रकम हिनामिना गरेकाे अभियाेगमा गितेन्द्र राई ( जिबी) सहित १७ जना विरुद्ध सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकाे छ । चितवन स्थित सहारा बहुउद्देश्यीय सहकारीबाट रकम हिनामिना गरेकाे आराेपमा उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएकाे हाे ।

 

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गरेको आरोपमा साहारा सहकारीका तत्कालिन अध्यक्ष जिवि राईसहित १७ जनालाई विपक्षी बनाएर ठगी सम्बन्धी कसुरमा मुद्दा दायर गरेका रकारी वकिल कार्यालयले जनाएको छ।

वकिल कार्यालयले जिवि राई सहित कुमार रम्तेल, सागर केसी, बिर बहादुरर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

प्रतिवादी बनाइएकामध्ये कुमार रम्तेल आषिश आनन्द र छत्रमणी भट्टराई कारागार छन्। अन्य १४ जना फरार रहेका छन्

जिल्ला प्रहरी कार्यालयमा एक वर्षअघि पीडितले रकम हिनामिना गरेको आरोपमा १४ जना विरुद्ध उजुरी दिएका थिए। त्यसपछि चितवन अदालतले असोज ९ गते प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। अहिले अनुसन्धानका क्रममा देखिएका थप ३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको लुईटेलले जानकारी दिए।

प्रतिवादी बनाइएकामध्ये कुमार रम्तेल आषिश आनन्द र छत्रमणी भट्टराई कारागार छन्। अन्य १४ जना फरार रहेका छन् ।