२०८१ असाेज ५, शनिबार

आशिष आचार्य,काठमाडौं

नेपाली काँग्रेस र एमालेकाे गठवन्धन सरकार भ्रष्टाचारी जाेगाउनकै लागि बनेकाे पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

काठमाडौंमा आयाेजित अखिल नेपाल ट्रेड युनियन महाँसँघकाे बृहत् प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै प्रचण्डले भने ` भ्रष्टाचारी जाेगाउन बनेकाे ओली नेतृत्वकाे सरकारमा आधा दर्जन मन्त्री त भ्रष्टाचारकाे आराेपी छन् । यिनैलाई जाेगाउन बनेकाे याे सरकारकाे गठबन्धन आफैँ कुहिन्छ र छिट्टै झर्दैछ ।´

आफुहरु प्रतिपक्षमा रहेपनि सत्तापक्ष भन्दा शक्तिशाली र जनप्रीय रहेकाे समेत प्रचण्डले बताए । जनताको घरदैलोमा पुगेर जनतालाई फेरि एकपटक गाेलबद्ध गराउँदै नयाँ शिराबाट काम गर्न प्रचण्डले कार्यकर्तालाई आव्हान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0