२०८१ भाद्र ३०,आइतबार

दुर्लव पाेखरेल

बारा । सदस्यता वृद्धिगरि आगामी माघ भित्र १० हजार पुर्याउने योजना सहित रिटर्नी फेडेरेसन नेपालको मधेस प्रदेश बिस्तारित बैठक सम्पन्न भएको छ ।

मधेशका ८ जिल्लाका प्रतिनिधिहरुले हरेक जिल्लाबाट  हजार बढि सदस्यता बढाउने गरि रिटर्नीहरुलाई संगठित गर्ने प्रतिवद्धता व्यक्त बाराकाे निजगढमा बैठक सम्पन्न भएकाे हाे।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता लिलानाथ श्रेष्ठले देशको राजनीती स्थायीत्व र आर्थिक विकासको लागि अहिलेको सरकार बनेको बताएका थिए । बिहिबार प्रशिक्षण कार्यक्रमकाे उद्धाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश ईन्चार्ज श्रेष्ठले प्रचण्डको व्यवहारको कारणबाट अघिल्लो गठबन्धन तोडन परेको बताएकाे एक सहभागीले बताए ।

मधेशमा नेकपा एमालेले केपि ओली सरकारको नेतृत्वमा सडक, सिंचाई, खानेपानी ,शिक्षा क्षेत्रमा विशेष बजेट व्यवस्था गरेर मधेश प्रदेश समृद्धि अभियान , सडक पूर्वाधारको लागि हुलाकी राजमार्ग , महेन्द्र राजमार्ग संगै मध्य पहाडी मदन भण्डारी राजमार्ग, तराईको सिंचाईको लागि मरिन डाईभर्सन जस्ता विकासका काम गरेको बताएका थिए।

विभिन्न तहमा रहेका स्थानीय सरकारको विषयमा समेत ध्यान दिन श्रेष्ठले निर्देशन दिएकाे सहभागीहरु बताउँछन् ।

किसानलाई मल बीउबिजनकाे समस्या, दाईजो प्रथा, छुवाछुत, महिला हिंसा जस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्न , जनप्रतिनिधिहरुले घोषणापत्र, प्रतिवद्धतापत्र अनुसार जनताको चाहना अनुसार काम गर्ने, सबै तहका नेताहरु नागरिककाे पुग्ने, पार्टी कार्यलयलाई समेत व्यवस्थित गरि काम गर्नुपर्नेमा उनकाे जाेड थियाे ।

आफूले गरेका कामहरुलाई व्यवस्थ्ति ढंगले प्रचार प्रसार गर्न समेत श्रेष्ठले सुझाए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेलले अहिलेको अवस्थमा  रिटर्नी फेडेरेशन नेपाल सक्रिय जनबर्गिय संगठन भएको भन्दै यसको श्रोत , साधन क्षमता कसरी राज्य र पार्टीका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय ईन्चार्ज डा.कृष्ण बहादुर केसीले विदेशमा रहेका नेपालीहरुको योग्यता , उनीहरुको सिप र ज्ञान देशको हितमा प्रयोग गर्न योजना बनाउनपर्ने बताएका थिए ।

`विदेशमा रहेका नेपालीले रेमिटयान्स पठाएर आर्थिक रुपमा देशलाई योगदान गरेका छन्। अमेरिरिकामा सांसाद, चिकित्सा क्षेत्रमा नेपाली झुुलेन्द्र ओझा जसले मंगल ग्रहमा पानी छ पत्ता लगाए ,नासामा कार्यरत, मुकुन्द धिताल मरेको मान्छेको मुटु जिउदो मान्छेमा प्रत्यारोपण,अन्तराष्ट्रिय रुपमा ख्यातीप्राप्त नेपाली , बहादुर कतार रंगशाला, मलेशियाको टावर जस्ता क्षेत्रमा योगदान गरेका नेपालीकाे श्रम र शीपलाई आफ्नो देशको लागि उपयोग गर्न सक्नुपर्छ ।´- डा. केसीले भने ।

`भारतले त विदेशमा रहेका व्यक्तिहरुबाट प्रधानमन्त्रीको सल्लाहकार समुह नै बनायो र चाईना लगायत देशले विदेशमा रहेका व्यक्तिहरुलाई राज्य हितमा प्रयोग गर्याे। अब हामीले विदेशमा रहेका नेपाली र देशमा फर्केका नेपालीहरुलाई राज्यको हितमा लगाउन पर्छ ।´- उनले भने ।

रिटर्नी फेडेरेशन नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीले रिटर्नीहरुको समस्या पहिचान गरि उनीहरुको हक हित स्थापित गर्न नेकपा एमालेले पहल गरेको योगदानलाई भुल्न नहुने  बताएका थिए ।

`समृद्ध नेपाल सुखी नेपाली´को राष्ट्रिय आकांक्षको सारथी रिटर्नी सँगठन भएको भन्दै अधिकारीले ओएनएफ, डायस्पोराका नेपाली र रिटर्नीहरु विचको समन्वयबाट मिसन ८४ को योजना पुरा गर्न लागि पर्ने बताए।

`मधेश प्रदेशमा धेरै रिटर्नीहरु छन उनीहरुको समस्या पहिचान गरि, योजना बनाउन पनि संगठित हुन आवश्यक रहेको छ । केन्द्र, प्रदेशबाट योजनाहरु बनाएर कसको माँझ कार्यन्वयन गर्ने भन्नको लागि पनि हामी धेरै धेरै भन्दा धेरै सदस्यता बनाएर संगठन भित्र गोलबद्ध हुन आवश्यक रहेको´- अधिकारीले भने ।

कार्यक्रममा रिटर्नी फेडेरेशन नेपालका उपाध्यक्ष नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले रिटर्नीहरु नगर र वडा तहसम्म संगठित पुग्नु पर्ने बताएका छन् । संख्यात्मक रुपमा वार्ड , गाउँपालिका मा रहेका रिटर्नीहरुको संख्या उनीहरुको समस्या पहिचान गरेर काम गर्नेपर्नेमा उनकाे जाेडरहेकाे बताएका छन्।

रिटर्नीहरुको लागि कस्तो योजना र बजेट र कार्य गर्ने त्यसको लागि मधेश प्रदेशले सधै सहयोग गर्ने मण्डलले प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा उपाध्यक्षहरु शालिकराम बसेल, रामकृष्ण घिमिरे,पार्टी सचिव मनोज पौडेल,रिटर्नी फेडेरेशन मधेश प्रदेश अध्यक्ष दिपक कुमार श्रेष्ठ, निजगढ नगरपाकिकाका मेयर सुरत पुरी लगायतले मन्तब्य राखेका रिटर्नी फेडेरेसन नेपालका प्रचार विभाग प्रमुख खेम कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0