२०८१ भाद्र ३० आइतबार

चितवन। भरतपुरमा पर्व विशेष मेला अन्तर्गत उद्योग सँघ परिसरमा वडा दशैँ जुत्ता चप्पल व्यापार मेला हुने भएकाे छ ।

चितवन उद्योग सँघकाे प्रदर्शनी परिसरमा यही असाेज १ गतेदेखि २४ गतेसम्म बडा दशैँ जुत्ता चप्पल व्यापार मेला -२०८१´ सञ्चालन हुने सँघका अध्यक्ष सुर्यप्रसाद न्याैपानेले जानकारी दिनुभयाे ।

प्रदर्शनीमा स्थानीय तथा राष्ट्रिय स्तरका उद्योगबाट उत्पादित हजार भन्दा बढी माेडेलका जुत्ता चप्पलका माेडल प्रदर्शन गरिने छ भने ३० हजार जाेर भन्दा बढी जुत्ता चप्पलकाे विक्री हुने अपेक्षा गरिएकाे सह आयाेजक समेत रहेकाे बेस ग्लाेवल प्रा. लि.का अध्यक्ष हाेमनाथ घिमिरेले जानकारी दिनुभयो ।

यसैगरि प्रदर्शनीकाे विशेष आकर्षककाे रुपमा `काडा अटाे शाे -२०८१´काे समेत प्रदर्शनी हुने आयाेजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे छ । असाेज १६ गते देखि १९ गतेसम्म सञ्चालन हुने काडा शाेमा अत्याधुनिक गाडी तथा तथा इलेक्टिकल सवारीहरुकाे बारेमा प्रदर्शनी तथा जानकारी उपलब्ध गराईने छ ।

४० हजार बढी प्रदर्शकहरुकाे सहभागीताकाे लक्ष्य रहेकाे साे मेलामा ग्रहकहरुका लागि नि:शुल्क प्रवेश हुनेछ भने लक्की ड्रका साथै १५ देखि ५० प्रतिशतसम्मकाे छुट सुविधा उपलब्ध हुने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0