२०८१ भाद्र २७, बिहीबार

चितवन । प्रदेश साँसद समेत रहेका वन मन्त्री कृष्णप्रसाद सिलवालले वजेट के कसरी बाँडफाँड हुँदाे रहेछ आफुले हेरिरहेको बताउनु भएको छ ।

[मन्त्री कृष्णप्रसाद सिलवाल]

आर्थिक मामिला तथा याेजना मन्त्रालय बागमती प्रदेशले बिहिवार भरतपुरमा राखेकाे राजश्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आउनेक्रममा श्रीखबर अनलाइन सञ्चारसँगकाे कुराकानीका क्रममा भने बुझ्दाबुझ्दै समय नै जाँदाे पाे रहेछ । ` भर्खरै मन्त्रीकाे जिम्मेवारीमा छु, कुरा बुझ्न नै समय पाे लाग्दाे रहेछ ।

बजेट वितरणमा एकरुपता हुनुपर्ने हाे , त्यस्ताे लागेन ´ – मन्त्री सिलवालले भन्नुभयो । त्यसाे त बागमती प्रदेशका अर्का साँसद बीरबहादुर तामाङलाई पनि बजेट पहुँचका भरमा बाढ्ने गरेकाे लागेकाे छ । `माडीकाे अधुराे भवन मा बजेट विनियोजन गर्नुपर्नेमा सरकार भरतपुरकाे भवन निर्माणमा खर्चगर्न तयार हुन्छ, खै त समानता – तामाङले भन्नुभयो ।

कालिका नगरपालिकाका मेयर विनाेद रेग्मीलाई जस्तै माडी नगर प्रमुख ताराकुमारी काजि महत्ताेलाई पनि बजेट पहुँच कै भरमा बाँडिने गरेकाे बताउँनुहुन्छ ।

इच्छाकामनाका गाउँपालिका अध्यक्षलाई भने स्थानीय क्षेत्रकाे सामुदायिक वनबाट आउने राेयल्टी देखि स्थानीय स्तरका गिट्टी ढुङ्काे बेचविखन र परिचालनको जिम्मा स्थानीयले नै पाउनुपर्ने बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0