२०८१ भाद्र २६, बुधबार

चितवनमा हालै सञ्चालनमा आएकाे सेन्ट्रल माेडल कलेजले मेधावी विद्यार्थीका लागि दुई कराेड बराबरको छात्रवृत्ति दिने घाेषणा गरेकाे छ ।

`पढ्ने चाहना हुँदाहुँदै पनि पैसाकाे अभावमा पढाइ राेक्न नपराेस्, भाेलिका दिनमा उत्कृष्ट उच्चशिक्षा हासिल गर्न समस्या नहाेस् भन्ने उद्धेश्यले छात्रवृत्ति दिने घाेषणा गरिएको कलेजका अधङ यज्ञ बिलास ( वाईबी ) पाैडेलले जानकारी दिनुभयो ।

इन्फरमेशन म्यानेजमेन्ट र हाेटल म्यानेजमेन्टमा स्नातक अध्यापन गराउने माेडेल कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हाे ।

कलेजले पढ्दै कमाउदै´ काे अवधारणा अपनाएकाे अध्यक्ष पाैडेलले बताउनुभएकाे छ । विद्यार्थीले पढाइसँग व्यवसायिक अनुभव लिदै भाेलिका दिनमा सफल व्यक्तितब निर्माण गर्न सकुन् भन्ने उद्देश्यले ` पढ्दै कमाउँदै´अवधारणा विकास गरेका हाैँ ´ अध्यक्ष पाैडेलले भन्नुभयो ।

कलेजका प्रिन्सिपल डा. टीआर चालिसे भन्नुहुन्छ ` शैक्षिकसत्र प्रमाणपत्र दिने मात्र नभै विद्यार्थीलाई सीप र अनुभवी व्यक्तित्व उत्पादन गर्ने सेन्ट्रल माेडल कलेजकाे प्रमुख उद्देश्य र सामाजिक दायित्व हाे ´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0