२०८१ भाद्र २६, बुधबार

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति सभामा बुधबार उहाँलाई स्मरण गरिँदैछ ।

तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

उहाँको स्मरणमा नेकपा (एमाले)ले पार्टी कार्यालय च्यासलमा कार्यक्रमको आयोजना गरेकाे छ ।

आज उहाँको तस्बिरमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरी उहाँको स्मरण गरिने र उहाँले दिनुभएको योगदानको चर्चा गर्ने एमालेले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0