२०८१ भाद्र २५, मँगलबार

चितवन। भरतपुर स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा एक बर्षमा १६ हजार ८ सय ३४ जना मनाेराेगका बिरामीहरुकाे उपचार भएकाे अस्पतालले जनाएको छ ।

`विश्व आत्महत्या राेकथाम दिवस´काे अवसरमा अस्पतालद्वारा आयाेजित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले प्रेस विज्ञप्ति मार्फत बताउनुभएको हाे ।

आत्महत्या जस्ताे समवेदनशील विषयले विश्वलाई नै चिन्तित पारेकाे अवस्थामा चितवन मेडिकल कलेजले ५ जना विशेषज्ञ र ९ जना रेजिडेन्ट चिकित्सकहरु द्वारा दैनिक १ सय भन्दाबढी मानसिक राेगका बिरामीहरुकाे उपचार परामर्श सेवा उपलब्ध गराइरहेकाे जनाएको छ।

मनाेराेग विशेषज्ञहरुका अनुसार मानसिक राेग सामान्य ,मध्यम र कडा किसिमको हुने गर्दछ। सामान्य मनाेराेगमा टाउकाे दुख्ने,बच्चा जन्मिए पछि आमामा देखिने मनाेराेग , साेमाेटाइजेशन डिसअर्डर जस्ता लक्षण देखिने गर्दछ भने मध्यमा डिप्रेसन,लागू अैाषध, मदिरा सेवनका कारण,सुस्त मनस्थिति तथा छारे हुन् । कडा खालकाे मानसिक राेगमा भने बाईपाेलर एफेक्टिभ डिसअर्डर आदि पर्ने बरिस्ठ मनाेराेग विशेषज्ञ प्रा.डा. सिपि सेडाई बताउनुहुन्छ ।

विश्वभरमा बर्षेनी ८ लाख बढी मानिसहरुले आत्माहत्या गर्नेगरेकाे र त्यसमा मनाेरागीकाे सँख्या उल्लेख्य रहेकाे तथ्यले देखाएकाे छ ।

चितवन मेडिकल कलेज ( सिएमसिले ) २०६४ साल भाद्र महिनादेखि नै मनाेराेगकाे उपचार शुरुगरेकाे हाे । दुईवटा शैयाबाट शुरुगरेकाे सेवा विस्तारै भै ३० शैयाकाे बनेकाे प्रमुख कार्यकारी अधिकृत देवकोटाले जानकारी दिनुभयाे ।

अस्पतालमा अत्याधुनिक प्रविधि,,उचित परामर्श तथा अैाषधीका साथै विद्युतीय उपचार र साइकाेथेरापी विधिबाट उपचार हुनुकाे साथै याेग ध्यान,मनाेरन्जन विधि समेत प्रयाेग भएकाे कार्यकारी प्रमुख देवकाेटाले जानकारी दिनुभयाे ।

मनाेराेगकाे उपचार गराउन आउनेमध्य ५५ प्रतिशत महिला रहेकाे छन् भने ४५ प्रतिशत पुरुष रहेकाे अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेज( नयाँ मेडिकल कलेज) काठमाडौं पछिकाे सबै भन्दा धेरै मनाेराेगका बिरामीहरुकाे उपचार सेवा दिने अस्पताल हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0