२०८१ भाद्र २५, मँगलबार

चितवन । भरतपुर स्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरले कुहिनोकाे जाेर्नी फेर्ने सेवा सञ्चालन गरेकाे छ ।

विगत १३ वर्षदेखि चाेटपटक तथा दुर्घटनामा परेका बिरामीहरुलाई विशिष्टिकृत सेवा प्रदान गर्दै आइरहेकाे यस अस्पतालले नेपाल मै दाेश्राे र उपत्यका बाहिर पहिलोपटक कुहिनाकाे जाेर्नी प्रत्यारोपण सेवा सञ्चालन गरिएको अस्पतालका प्रमुख अर्थाेपेडिक सर्जन डा. प्रमाेद लामिछानेले बताउनुभयो ।

`हामीले महिनामा १ सय ५० बढी र वर्षमा २ हजारभन्दा बढी दुर्घटनाबाट भएका चाेटपटक तथा मेरुदण्डकाे अपरेसन ,घुँडा र कट्टीकाे जाेर्नी प्रत्यारोपण गरिसकेका छाैँ भने उपत्यकामा पहिलाे पटक घुइनाेकाे जाेर्नी प्रत्यारोपण सेवा शुरु गरेका छाैँ ´- प्रमुख डा. प्रमाेद लामिछानेले भन्नुभयो ।

हालै नवलपरासीका ५५ वर्षीय बिरामीको कुहिनाकाे जाेर्नी प्रत्यारोपण गरिएको अस्पलले जनाएको छ । उपचार पश्चात् भाद्र २४ गते डिस्चार्ज हुँदै गर्नुभएका बिरामी भन्नुहुन्छ `उपचारबाट धेरै नै खुशी छु ।´

कुहिनाकाे जाेर्नी प्रत्यारोपण जटिल र महँगाे हुनेगरेकाे पाईन्छ । एलाइभ अस्पतालका अनुसार सर्वसुलभ मुल्यमा नेपालमै अन्तर्राष्ट्रिय स्तरकाे सेवा प्रवाह शुरु गरिएकाले अब कुहिनाे लगाएत जाेर्नी प्रत्याराेपणका लागि बिरामीहरु महँगाे खर्चमा विदेश धाउन नपर्ने  जनाएको छ । उपचार तथा सर्जिकल सामाग्री गरि करिव ५ लाखकाे हाराहारीमा कुहिनाेकाे जाेर्नी प्रत्यारोपणमा खर्च हुनसक्ने अस्पतालले जनाएको छ ।`आज नगरे कहिले गर्ने , हामीले नगरे कसले गर्ने´ भन्ने मान्यताका साथ अन्तर्राष्ट्रिय सिद्धान्त र प्रविधिककाे प्रयाेग गरि विशेषतः हाड तथा जाेर्नी उपचारमा अस्पतालले उल्लेख्य सफलता प्राप्त गरेकाे अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0