२०८१ भाद्र २३, आइतबार

तुलसीपुर। ३३ वर्षअघि जिल्ला अदालत रुकुमले दाेषी ठहरगरेकाे सजाय पूरागर्न लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसीलाई जेल चलान गरिएको छ।

रुकुम पूर्वकाृ प्रदेशसभा (ख) बाट निर्वाचित केसीले श्रीमतीको अंश मुद्दामा कीर्ते गरेकाे भन्दै अदालतले २०४८ असार ९ गते एक वर्ष कैद सहित दुई हजार जरिवाना फैसला गरेकाे थियाे ।

श्रीमती राधा केसीले जाहेरीमा श्रीमान धनबहादुरले सम्बन्ध विच्छेदकाे मुद्दामा नक्कली कागजात पेश गरेकाे भनी पेश गरेकाे मा कीर्ते भएकाे ठहर सहित उनलाई कैद सजाय फैसला भएकाे थियाे ।

फरार सूचीमै रहेकाे अवस्थामा २०७९काे निर्वाचनमा निर्वाचन आयाेगले उनी माथिको फैसला वास्था मात्रै गरेन नेपाली काँग्रेसबाट प्रदेश सभाका सदस्यमा निर्वाचित भए उनी अदालतले दाेषी ठहराएकाे व्यक्तिमाथि कानुनी कार्वाही नभएको भन्ने व्यापक जनगुनासाे पछि उनले अदालत समक्ष आत्मा समर्पण गरे

आजै उनलाई जेल पठाईएकाे रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0