२०८१ भाद्र २१, शुक्रबार

हरी अधिकारी ,बाँके

बाँकेको खजुरामा हरेक वर्ष झै यो वर्ष पनि बृहत ‘खजुरा बृहत तीज महोत्सव–२०८१’ आयोजना हुँदैछ ।

तैयारी पूरा भएको आयोजक लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पहिला पहिला तीज मान्न शहर बाट गाउँ आउथे उतिबेला को उत्साह छुट्टै हुन्थ्यो र तिज को महत्त्व अर्कै थियाे। परिवर्तित समजमा चाड पर्व मनाउने तरिका नेपाली सस्कृती झल्किने खालका महोत्सव गरिने आयोजक समितिको बुझाइ रहेको छ ।

१८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको तीज महोत्सवको यो १९औं श्रङ्खला भएकाे र यो पटक खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प सहित लक्ष्मीनाराण दिब्यधामको निर्माणार्थ महोत्सव आयोजना गर्न लागिएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिनुभयो । वहाँका `अनुसार यस वर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रीत रहेको छ ।´

तीजका कार्यक्रमामा मौलिकता हराउँदै गएकाले यसलाई जोगाउने उद्देश्यले यो वर्ष पृथक ढँगले महोत्सव परिकल्पना गरिएको सचिव सुरेस कुमार खत्रीले बताउनुभयाे।`

यस वर्ष मौलिक सामुहिक तीज नृत्य र मौलिक गीत प्रतियोगिता, परम्परागत लाखे नाच एवम् नेपाली परम्परागत खानाका परिकारका स्टलहरु महोत्सवमा राखिने खत्रीले बताउनुभयो ।

सांस्कृतिक समितिका संयोजक स्थानीय कलाकार मानबहादुर भण्डारीका अनुसार नेपाली मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत बाट दर्शकमाझ प्रस्तुत गरिने छ । उत्कृष्ट प्रतियाेगीलाई नगद पुरस्कारको व्यवस्था गरिएको संयोजक भण्डारीले बताउनुभयो ।

तीज नृत्य प्रतियोगितामा प्रथमलाई २६ हजार, द्वितीय१६ हजार, तृतिय १० हजार र सान्त्वनालाई ३ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यसैगरी तीज गीत प्रतियोगिताको २१ हजार, द्वितीय १३ हजार, तृतिय ७ हजार ५ सय र सान्त्वनालाई २ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0