२०८१ भाद्र १९, बुधबार

प्रकाशवावु खनाल

चितवन। रत्ननगर उद्योग बाणिज्य संघमा बुधबार उद्यमी महिलाहरुले तीज मनाएका छन् ।

 

संघ अन्तर्गतको महिला स्वरोजगार तथा सशक्तिकरण समितिले हरितालिका तीजको शुभकामना आदान प्रदान तथा उद्यमशिलता विकास सम्बन्धी अन्तक्रिया गरेको हो ।

संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी तथा उद्यमी महिलाहरुले आपसमा तीजको शुभकामना आदानप्रदान गर्दै सामुहिक दर खानुका साथै उद्यमशिता विकासमा भएका प्रयास र उपलब्धिका बारेमा छलफल गरिएको थियाे ।

अध्यक्ष गिरीले तीजको मौलिकता जोगाउदै संस्कृति संरक्षणको लागि महिला स्वरोजगार तथा सशक्तिकरण समिति मार्फत कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रमुख अतिथि रत्ननगर नगरपालिकाकाका निर्वतमान उपप्रमुख विमला दुवाडीले तीज पर्वले उत्साह उमङ्ग सहित उद्यमीहरुको आयआर्जन बृद्धिमा संघको नेतृत्वदायी भूमिका हुनुपर्ने भन्दै महिलाहरुले बचत गर्ने बानीको विकास गर्नुपर्ने, सभ्य समाजका लागि तीज भड्किलो हुुनु नहुने, मौलिकतालाई निरन्तर दिनुपर्ने र महिलाहरुबाट उत्पादन गरेको बस्तुहरुको बजार व्यवस्थापनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयाे।

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ज्ञान बहादुर विसुराल, रत्ननगर नगरपालिकाका वडा नं.१५ का वडा सदस्य लिला देवी पोखरेल र रत्ननगर नगरपालिकाका नगरस्तरीय उद्यमशिल महिला समुहका संयोजक गिता सिंखडाले मन्तव्य राख्नुभएको थियाे ।

रत्ननगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य, महिला स्वरोजगार तथा सशक्तिकरण समितिका संयोजक एवम् यस कार्यक्रमका संयोजक ईश्वरी सिंखडा थापाको संयोजकत्वमा भएको कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति, पूर्व अध्यक्ष एव महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले शुभकामना सहित धन्यवाद व्यक्त गर्नुभएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0