२०८१ भाद्र १९, बुधबार

कृष्ण खनाल, (स्नातकोत्तर समाजशास्त्र )

तीज एक सनातनी पर्व हाे ।

सँसारभर हिन्दुधर्मी समाजकाे प्रवेशसँगै तीज पर्वकाे साम्राज्य पनि नेपाल – भारत हुँदै विश्वभ्रमणमा छ ।

 

हिमालय पुत्री पार्वतीले भगवान शिव पतिका रुपमा प्राप्तगर्ने इच्छा र प्राप्तिका लागि गरिएकाे व्रत नै तीज व्रतकाे पाैराणिक सार हाे ।

शरीर र मन शुद्धीकरणका लागि सप्तऋषिकाे पूजा अर्चना नै ऋषि पञ्चमी पूजा भएकाेले स्वभावैले तीज महिलाहरुकाे खुशी , शुद्धता र प्राप्ति काे पर्व हाे । तीज पर्वकाे शुरुवात वैदिक कालबाटै भएपनि समाज र सभ्यताकाे विकासक्रमसँगै पर्वकाे उपयाेग , उपादयता र ग्रहण गर्ने शैली बदलिनु स्वभाविकै हाे ।

पर्व शुरूहुँदाका बखत समाज सानाे घेरामा थियाे , थाेरै जनसंख्या भएपनि व्रम्हाण्ड भने यत्ति नै चाैडा थिए । भक्ति र आराधनालाई विस्तारै समाजले पारिवारिक मिलन,सामाजिक शुद्धता र सम्बन्ध विस्तारकाे रुपमा प्रयाेग गर्न थालियाे । तीजका माध्यमबाट छाेरी चेलीहरुले आफ्ना बेदनालाई कलाका माध्यमबाट प्रस्तुत गर्ने, मिठाे मसिनो खाने र राम्री भएर प्रस्तुतहुन नारीलाई समाजले अवसर प्रदान गर्याे । नारीले याे अवसरलाई विस्तारै उपयाेगकाे विधि र माध्यमबाट परिस्थिति , प्रस्ट्याउने र विरह र बेदना मिसाएर नाच्ने गाउने गर्न थाले।

`ससुरा बा र छाेराहरुकाे लागि माने कसाैडीमा सीता भात र हामीलाई चाहिँ कराईमा ओडालेकाे डल्लाे खाएर दिन कटाईयाे´ भन्नुहुने थुप्रै आमाहरुकाे अनुभवबाट प्रष्टहुन्छ । उतिबेलाका तीज नै मनकाे बह बिसाउने र माईत गएर धितमारेर रुने सुन्दर अवसर थियाे ।

न खवर सञ्जाल न बाटाे घाटाे । वारी की छाेरीकाे खवर पारीकी आमाले थाहापाउन तीज कुर्नुपर्ने समय र माईत जान अनुमाती नपाएपछि भक्कानिएकाे छातिसँग हेर्ने तीजमा समयले बदलाव दिनु स्वभाविकै हाे ।

तीज र एक महिना देखि दरखाने देखासिखीलाई समाजले बिकृतिकाे रुपमा बुझ्न काेशिश गरेकाे पाईन्छ ।`गीत र नाच उत्ताउलिन थाले ´ भन्ने विषय चर्चिन थालेकाे छ । समयकाे परिवर्तनसँगै स्वतन्त्रता , आर्थिक सामाजिक पहुँच र देश प्रदेशकाे यात्रालाई हेर्ने हाे भने पर्वलाई अनुकुल प्रयाेग गर्नु स्वभाविकै हाे । व्यक्ति भित्रकाे खुशीलाई सामाजिक सम्बन्धलाई बिगार्नुकाे सट्टा `तीजले ल्याएकाे खुशी´ काे नजरले हेर्ने हाे भने तीजका लागि गरिएका सृजना र प्रस्तुतिले न्याय पाएकाे मानिन्छ ।

तीज एउटा खुशीकाे अवसर हाे ।

—————————

झट्ट हेर्दा एक `महिने दर´ देखिएपनि विभिन्न सँस्था र सम्बन्धमा सरिक हुँदा यस्ताे देखिन गएकाे हुनसक्छ । टाेल, सहकारी , क्लव, कार्यालय, पार्टी , सँस्था सबैले तीजकाे कार्यक्रम आयाेजना गर्ने र एउटै व्यक्ति सबैजसोमा सरिक हुँदा महिनै खर्चिन पनि हुनसक्छ ।

चाडका माध्यमबाट आर्थिक चलायमान समेत हुने हुनाले चाडपर्वका कारण पैसाकाे विनियोजन र वितरणमा समते प्रत्यक्ष प्रभाव पार्दछ । जुन अर्थ व्यवस्थाका हिसाबले सकरातमक मानिन्छ । तीज पर्वकाे बारेमा राम्राे ज्ञान हुने हाे भने यसमाथि उठेका नकारात्मक टिप्पणी र व्यवहारमा कमी आउने थियाे ।

(लेखक कृष्णप्रसाद खनाल , स्नातकोत्तर समाजशास्त्र )

के हाे त तीज पर्व

—————-

तीज भाद्रशुक्ल तृतीयका दिनमा पर्दछ। भाद्रशुक्ल तृतीयका दिनमा हस्त नक्षत्र र साेमबार परेमा तीजकाे महत्व अझ बढ्दछ ।

यिनै तीन चिजबाट जन्मिएको हुनाले ` त्रीज´ भन्ने सँस्कृत शव्दबाट तीज शब्द आएकाे हाे । महादेव पति पाउँ भनी पार्वतीले गरेकाे आराधना भएकाेले तीजपर्वमा शिवजीकाे पूजाकाे महत्त्व रहन्छ ।

शास्त्रमा ` भाद्रमासे सिते पक्ष तृतीया हस्तसाेमयुक्। तदनुष्ठानमात्रे सर्वपापै: प्रमुच्यते । व्रतका प्रभावले सबै किसिमका पाप नाश हुने उल्लेख भएकाेले तीजकाे व्रत महत्व बढेकाे हाे ।

वैज्ञानिक दृष्टिमा तीज पर्व

———————-

१) तीजमा दिदीबहिनी लिनजाने चलनले दिदीबहिनीकाे पारिवारिक अवस्थाकाे प्रत्यक्ष अनुभव हुनेहुनाले दाजुभाइलाई दिदीबहिनीकाे शुखदु:खकाे बारेमा चासाे बढ्नुका साथै पारिवारिक एकता र जिम्मेवारीमा रहन तीजले महत्त्व राख्दथ्याे / राख्छ।

२) दाजु वा भाइ दिदीबहिनी लिन जाँदा बाटाेमा आइपर्ने मानवीय र जँगली विपतबाट शुरक्षित रहन सहज हुन्थ्याे / हुन्छ।

३)पतिको मँगल र आराेग्यताकाे कामना गर्दै निराहार व्रत बस्दा पति पत्नी बीचकाे मायाँप्रेम र स्नेहमा निखारता र जिम्मेवारीमा आत्माबाेध हुन सहयाेग सिद्ध हुन्थ्याे/हुन्छ।

४) व्रत आफैँमा शरीरकाे सुद्धिकरण प्रकृया हाे । व्रतकर्म भित्र पन्चकर्म पर्दछ । व्रतका माध्यमबाट एकाग्रता हुन गै शारीरिक र मानसिक शक्ति प्राप्तगर्न सहायक हुन्छ ।

५) तीज पर्व मनाउने सिलसिलामा मानिसकाे चलयमा जिन्दगीले आन्तरिक पर्यटन र आर्थिक वितरणमा मद्दत गर्दछ ।

६) तीजकाे अवसरमा गरिने सृजना, प्रतियोगिता र प्रस्तुति आफैँमा कृति हाे ।

७) भक्तिमार्गले आत्मा सन्तुलन , सन्तुष्टि र सत्मार्गमा हिड्न नैतिक बल प्रदान गर्दछ ।

८) तीजपर्व सामाजिक पर्व भएकाेले आफ्ना सृजना, प्रस्तुति र व्यवहारले स्वयं आफू,परिवार र समाजलाई पार्नसक्ने असरप्रति सचेत हुनु हरेककाे नैतिक कर्तव्य र जिम्मेवारी हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0