२०८१ भाद्र आइतबार

चितवन। राप्ती नगरपालिकामा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)काे कमिटि गठन भएकाे छ ।

शनिबार सम्पन्न मजदुरहरुकाे भेलाले चन्द्रदेवी तमाङको अध्यक्षतामा गठन गरेकाे कमिटकाे सचिव भने जेनि महताे निर्वाचित भएकाे प्रमुख अतिथि समेत रहेका जिफण्ड जिल्ला अध्यक्ष पुष्कर बाबु त्रिपाठीले जानकारी दिए ।

भेलामा नेकपा एमाले राप्ती नगर कमिटी सचिव तारकेश्वर प्रसाद सिंह, जिफन्ट महानगर कमिटी अध्यक्ष एवं नेपाल यातायात स्वतन्त्र मजदुर संगठन चितवन अध्यक्ष दिपक कुमार सिलवालकाे उपस्थिति रहेकाे थियाे

। कार्यक्रममा वडा नम्बर ६ का जनप्रतिनिधि ममता कुँवर र सहदेव सेढाईं,जिफन्ट यूवा कमिटी बागमती सदस्य नेया लोप्चन,समाजसेवी एवं सहकारीका अध्यक्ष धर्मराज कडेल ,निर्माण,यातायात,महिला स्वयमसेवी ,सौन्दर्यकर्मी,कृषि मजदुर लगायतको प्रतिनिधिहरुकाे सहभागिता रहेकाे त्रिपाठीले बताए।

कमिटीमा उपाध्यक्ष मंगल महतो, सहसचिव ॠषिराम खरेल, निर्वाचित भएका छन् भने सदस्यहरुमा शान्ति लटौला ,अमृत रिजाल,तेज बहादुर रिजाल ,इश्वर चौधरी र सरस्वती भेटवाल चयन भएका छन् ।

जिल्ला सचिव शुसिल नेपालले कार्यक्रम सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0