२०८१ भाद्र १४, शुक्रबार

चितवन । अण्डा उत्पादक कृषकहरुले अण्डाको बजार मूल्य निर्धारण गरेका छन् ।

स्वयंले अण्डाकाे मूल्य तयगर्न बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण बिभागले उत्पादकलाई निर्देशन दिएपछि उत्पादक स्वयंले अण्डाको मूल्य तय गरेकाे अण्डा उत्पादक किसान बताउँछन् ।

काठमाडौं आधार बनाएर दाउन्ने एग्राे लिमिटेडले  मूल्य थाेक एक कार्टुनको रु ३ हजार ७५० तय गरेको छ । बिहीबार खुद्रा मूल्य काटुनको रु ३ हजार ९ सय तय गरेको हो।

यस्तै हिमचुली पोल्ट्री प्रा.लि.ले प्रति काटुन रु ३ हजार ७३५ थाेक र रु ३ हजार ८९० रुपैयाँ खुद्रा मूल्य कायम गरेको छ । खिलुङ् कालिका एग्रो फार्मले भने प्रतिकाटुन रु ३ हजार ७५५थाेक र खुद्रामा रु ३ हजार ९०५ तय गरेको छ ।

यसैगरी आफ्नाे उत्पादनकाे आधारमा लक्ष्य पोल्ट्रीले प्रतिकाटुन रु ३ हजार ७४५थाेक मूल्य र खुद्रा मुल्य रु ३ हजार ८९५ रुपैयाँ कायम गरेकाे छ। भिज्जु पोल्ट्रीले प्रतिकाटुन रु ३ हजार ७६० थाेक र खुद्रामा रु ३ हजार ९१० तय गरेको छ।

सुविस पोल्ट्री मार्केटीङ्ले भने अण्डाकाे ह प्रतिकाटुन रु ३ हजार ७४०रुपैयाँ थाेक र खुद्रामा रु ३ हजार ८९० तोकेको छ । नेपाल एग टेडीङ्ले प्रतिकाटुन रु ३ हजार ७६५ र रु ३ हजार ९१५ थाेकर खुद्रा मूल्य ताेकेकाे छ । शिबम पोल्ट्रीले थाेक प्रतिकाटुन रु ३ हजार ७४५ र खुद्रा रु ३ हजार ९०५ तय गरेको जनाएको छ ।

यसभन्दा अघि नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य तय गर्ने गरेको भए पनि पछिल्लो समय उत्पादकहरुले स्वयंले मूल्य तय गर्न थालेका छन् ।

संघका अध्यक्ष विनोद पोखरेलले उत्पादकहरुले दर रेट आँफै तय गर्न सुरु गरेको जानकारी दिनुभयो । भदौ लागे संगै अण्डाको माग बढ्दै गए पछि मूल्य समेत वढेर गएको छ ।

साउन महिनामा कम मुल्यमा विक्रीहुँदा निकै नोक्सान व्यहोरेकाे भएपनि भदौ लागेसँगै मूल्य बढेदा  उत्पादक केही उत्साहित पाेख्रेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0