आशिष आचार्य ,काठमाडौं

२०८१ भाद्र १३, बिहिवार। नेपाली काँग्रेसका महामन्त्री समेत रहेका साँसद गगन कुमार थापाले पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष समेत रहनुभएका साँसद पुष्पकमल दाहाल प्रचण्डले देश बँगलादेश वा श्रीलंका जस्तो हाेला भनेकामा आफुलाई असह्य भएकाे बताउनु भएकाे छ ।

बिहिबार प्रतिनिधिसभाकाे बैठकमा प्रचण्डले बाेलेकाे विषयप्रति टिप्पणी गर्दै थापाले भन्नुभयाे ` धर्म र पापमा त विश्वास छैन हाेला , श्राप दिएकाे त पक्कै हाेइन , कि तर्साउन खाेज्नुभयाे ।´

जिम्मेवार नेताले सँयम भएर बाेल्नुपर्ने भन्दै थापाले थप्नुभयाे `सामाजिक विष्फोट उत्पन्न हुनसक्ला , निराशा र उकुसमुकुस छ । तर हसिना झैँ भाग्नुपर्ने परिस्थिति आयाे भने प्रचण्ड मात्रै खुमलटारमा चैनले सुत्न पाउनुहुन्न ।´

यत्राे वर्ष सरकार चलाएकाे जिम्मेवार नेता र पार्टी सिस्टमले प्रतिपक्ष भएपनि सिङ्गाे प्रणाली कै अँग भएकाेले जिम्मेवार दलकाे जिम्मेवार नेता भएर प्रस्तुत हुनुपर्ने भन्दै थापाले भने ` विषय ठिकसँग उठाएर सरकारलाई घुँडा टेकाउनुहाेस् ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0