२०८१ भाद्र १३, शुक्रबार

चितवन । आफ्नै सहकर्मीले रडले हान्दा नेपाल विद्युत प्राधिकरणकाे भरतपुर सवस्टेशनका एक कर्मचारी घाइते भएका छन् ।

प्रहरीका अनुसार भरतपुर वितरण केन्द्रका इलेक्ट्रोनिक फाेरम्यान पाेषण खड्कालाई इलेक्ट्रोनिक सुपरभाइजर मनिष पुरीले रडले हानेका हुन्। मँगलबारसँगै ड्युटी सकेर बिहान कार्यालय परिसरकै धाराेमा हात धाेइरहेकाे बेला पुरीले खड्कालाई रडले हानेका हुन् ।

भरतपुर अस्पताल उपचाररत खड्काकाे टाउकामा गहिरो चाेट लागेकाे छ । घटनापछि प्राधिकरण कर्मचारी युनियन केन्द्रीय समितिले विज्ञप्ति निकालेर घटनाकाे निन्दा र भर्त्सना गर्दै दाेषीउपर कार्वाहीकाे माग गरेकाे छ ।

एक वर्ष अघिपनि दुई कर्मचारी बीच झगडा भै प्रहरी कार्यालय चितवनमा उजुरी परि मिलापत्र भएकाे भएपनि पुरीले पटकपटक खड्कालाई धम्क्याउने गरेकाे महासचिव क्षेत्री बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0