२०८१ भाद्र १२, बिहीबार

चितवन ।भरतपुर स्थित बाेस्टन कलेजले आगामी शैक्षिकसत्रदेखि हाेटल म्यानेजमेन्ट विषयमा स्नातक अध्ययन शुरूगर्ने भएकाे छ ।

हाेटल तथा पर्यटन व्यवसायी , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका व्यक्तित्व , अभिभावक तथा विद्यार्थीकाे सहभागीतामा ओपन हाउस कार्यक्रम सञ्चालन गरि कलेजले साे जानकारी गराएकाे हाे ।

छलफल कार्यक्रममा प्यानल डिस्कसन समेत गरिएको थियाे । पाेखरा विश्वविद्यालयअन्तर्गतका बीबीए, बिसिएसआईटी र एमबिए अध्यापन गरिरहेकाे मा विएचएम थपगरिएको कलेजले जनाएको छ।

विएचएम अभिमुखिकरण कार्यक्रम भने आगामी सेप्टेम्बर २२ र २३ गते काठमाडौं स्थित पाँचतारे हाेटल मेरियटमा हुने कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0