२०८१ भाद्र १२, बुधबार

चितवन । चितवन मेडिकल कलेज ( सिएमसी)काे मुख्य प्रायाेजन रहेकाे प्रथम सिएमसी ` इन्डाेर कर्पाेरेट कप´ क्रिकेट लिग काे तैयारी पूरा भएकाे छ ।

चितवन र नवलपरासी गरि कुल १६ वटा कर्पाेरेट टिमले सहभागीता रहने चितवन क्रिकेट सँघका अध्यक्ष सुदिप पियाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयाे ।

सम्मेलनमा चितवन मेडिकल कलेजका कार्यकारी अधिकृत प्रताप देवकाेटाले स्वास्थका लागि खेलकुद भन्ने नारालाई सार्थकता तुल्याउन अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुदका विभिन्न कार्यक्रममा सहकार्य गर्नेगरेकाे बताउनुभयो ।

पत्रकार माझ बाेल्दै जिल्ला क्रिकेट सँघका सल्लाहकार एवँ सेन्ट्रल माेडेल कलेजका प्रिन्सिपल यज्ञविलास पाैडेलले खेलकुदका क्षेत्रमा स्वास्थ्य सँस्थाबाट सहयोग गरिनु सराहनीय कार्य भएकाे बताउनुभएकाे थियाे । सम्मेलनमा आकर्षक ट्रफी समेत सार्वजनिक गरिएको थियाे ।

विजेताले नगद ५० हजार पुरस्कार सँगै ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले २५ हजार र ट्रफी पाउने छन्। प्रतियोगिता भरतपुर ३ स्थित क्यासी स्पाेर्टस् एण्ड रिक्रियशनल सेन्टरमा भदाै १४ गतेबाट सन्चालन हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0