भुटानी शरणार्थी काण्ड सामसुम पार्न रअपराधी बचाउने खेलमा सरकार

२०८१ भाद्र ११, मँगलबार

आशिष् आचार्य , काठमाडौं सरकारकाे पछाडि माफिया र विचाैलिया रहेकाे भन्दै अपराधी जाेगाउने खेलमा सरकार लागेकाे निवर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताउनुभएकाे छ । भुटानी शरणार्थी काण्ड सामसुम पार्न रअपराधी बचाउने खेलमा सरकार लागेकाे भन्दै प्रचण्डले प्रतिनिधिसभाकाे आजकाे बैठकमा भन्नुभयाे ‘यो सम्मानित संसदमा मेरो पछिल्लो सम्बोधनमा यही रोष्टममा उभिएर मैले चुनौतीका साथ भनेको थिएँ, सरकारको पछाडि विचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ । त्यति भन्दाभन्दै पनि मलाई लागेको थियो, सरकारले केही दिन त सङ्कोच मान्नेछ ।  केही दिन त लाज मान्नेछ’।

लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिनुभयो । कडा रुपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिङ्गो देश स्तब्ध भयो ।’  यो सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेगलाई रोक्न, आफूहरु र आफ्नाहरु जोगाउन र जोगिन बनेको भन्दै प्रचण्डले ‘तैपनि मलाई लागेको थियो, कम्तिमा भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउती अल्मल्याउला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला भनेकाे तर त्यस्ताे देखिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0