२०८१ भाद्र १० ,साेमबार

चितवन । श्रीकृष्णाष्टमी पर्वकाे अवसर पारेर भरतपुरमा साहित्यकार हाेमनाथ घिमिरेका दुई कृति `पथिक´र मुगलान लाेकार्पण गरिएको छ।

भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीकाे प्रमुख आतिथ्य, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य रामहरि श्रेष्टकाे विशिष्ट आतिथ्यता तथा विष्णुप्रसाद घिमिरे , लक्ष्मीकान्त पाैडेल`लकाश,डा.धनेश्वर भट्टराई, रामहरि शर्मा, केशवराज आमाेदी, राजेन्द्र घायल लगाएत दर्जनाैँ मुर्धन्य व्यक्तित्वकाे उपस्थितिमा कृति लाेकार्पण गरिएको हाे । कार्यक्रममा साहित्यकारहरु हरिप्रिया रिजाल,सुर्याणि रेग्मी ,विद्या भण्डारी चिराग, प्राज्ञ विष्णुदेवी तिवारी तथा श्रष्टा घिमिरेका परिवारजन समेतकाे उपस्थिति थियाे ।

`पथिक´लेखककाे भाेगाईमा आधारित खण्डकाव्य हाे । यस कृतिमाथि वरिष्ठ साहित्यकार धनेश्वर भट्टराईले टिप्पणी गर्नुभएको थियाे । `मुगलान´भने देशमा घटित जनक्रान्ति र परिवर्तनमा आधारित महाकाव्य हाे । यस कृतिमाथि भने छन्दकाव्य प्रतिष्ठानका अध्यक्ष लक्ष्मीकान्त शर्मा पाैडेल`लकाश´ले  टिप्पणी गर्नुभएकाे थियाे ।

कवि घिमिरे निवृत्त राष्टसेवक कर्मचारी हुनुहुन्छ। वहाँका यस अघि नै छन्दकविता `गाेरेटाे´, गजल सँग्रह जिन्दगीका तरङ्गहरु पाँचबटा कृति बजारमा आइसकेका छन् ।

लाेकार्पण सभाकाे सँयाेजन साहित्य सँगमले गरेकाे थियाे भने सभाकाे अध्यक्षता सँगमका अध्यक्ष प्रकाश चापागाईंले गर्नुभएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0