२०८१ भाद्र ९, आइतबार

चितवन । कवि विपिन पाठकले आफ्नाे कृति कवितासङ्ग्रह`मरुभूमिमा वासन्ती याम´ काे लाेकार्पण सभामा चितवन सहित सबै साहित्य अनुरागी तथा शुभचिन्तकहरुमा सहभागीताका लागि  निम्याएकाे जनाउनुभएकाे छ ।

श्रीखबर अनलाइन सञ्चारसँग कुरागर्दै कवि एवँ शैक्षिक व्यक्तित्व पाठकले भन्नुभयाे `राम जन्मभूमि सुन्दर नगरी माडीकाे रात माटे डाँडामा हुन गैरहेकाे विमाेचन तथा छलफल सभामा आदरणीय साहित्य श्रष्टा तथा समालोचक ज्यूहरुलाई चुले निम्ता छ ।´

माडी नगरपालिकाले प्रवर्द्धन गर्ने सभाकाे आयाेजना भने माडी साहित्य परिवारले गर्नलागेकाे हाे। सँपूर्ण किताबले बितरण जिम्मा पाएकाे कृतिकाे प्रकाशन INDIGO, INK ले गरेकाे हाे।  कार्यक्रम भाद्र १४ गते शुक्रबार बेलुका ४ बजे माडी नगरपालिका -४ स्थित रेड हिल पार्कमा हुने आयाेजकले जनाएको छ।

प्रगतिशील लेखक सँघ चितवनको समेत अध्यक्ष भैसक्नुभएका  साहित्य क्षेत्रसँगै विभिन्न विद्यालय तथा कलेजहरुमा प्राध्यापन पेशामा आवद्ध कवि पाठक माडीवासी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0