२०८१ भाद्र ८, शनिबार
                  —— हाइकु ——
कवि केशवराज आमाेदी
   **
हे कृपामूर्ति !
  संसार सागरमा
   धन्य मग्न छौ ।
   **
वर्षाबिना नै
  देश डुबिरहेछ
   राजनीतिले ।
   **
काँचो पिरती
  गिलो सुहागरात
   तातो बतास ।
  **
गास न बास
  जिन्दगीको भोगाइ
   अन्धाको यात्रा ।
  **
गुम्सिंदो सन्घ्या
  मिल्किएको बिजुली
   निख्रिंदो बैंस ।
  **
हाइकु काव्य
  ऋतुविम्बी प्रतीक
    काँचो बेलौती ।
  **
द्यौता झस्कियो
  तिम्रो मुस्कानद्वारा
   फुल बर्सिंदा ।
  **
शिवभक्तिले
  जीवन सुखमय
   धन्य हुँदै छ ।
  **
टुप्पो काटेर
  ज़रा मर्ने होइन
   थाहा छँदै छ ।
  **
हे बैंसराज
  भरिलो बैंस देऊ
   जीवन हाँस्ने ।
**********
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0