२०८१ भाद्र ८, शनिबार

चितवन । आबुखैरहनी स्थित ऐनापारा दुर्घटनामा ज्यान गुमाएका आफ्ना नागरिकको शव लिन भारती विमान चितवन आउने भएकाे छ ।

विमान शनिबार ३ बजे भरतपुर विमानस्थलमा आउने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयाे । मृतक मध्य १६ जनाकाे पाेष्टमाटम सकिएकाे छ भने ११ शवकाे हुँदैरहेकेा जनाएको छ।

यसैबिच भारत सरकारले।आफ्ना घाईते नागरिकको अवस्था बुझ्न र मृत्युभएका नागरिकको शव लिन केन्द्रीय मन्त्रीलाई पठाएकाे छ । युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले महाराजगन्ज स्थित टिचिङ अस्पतालमा गै घाइतेको अवस्था बझ्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0