२०८१ भाद्र ६,बिहीबार

काठमाडौं । प्रचण्ड सरकारले अश्लीलता माैलाएकाे भन्दै टिकटकमाथि लगाएकाे प्रतिबन्ध ओली नेतृत्वको सरकारले फुक्का गर्ने भएकाे छ ।

बिहिवार बसेकाे मन्त्रीपरिषद बैठकले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेकाे हाे ।

गत कार्तिक २७ गतेकाे मन्त्रिपरिषद निर्णयले लगाएकाे प्रतिबन्ध टिकटककाे साउथ एसियन क्षेत्रीय कार्यालयले नेपालकाे कानून पालना गरेर सञ्चालन गर्न तयार भएकाले प्रतिबन्ध हटाउने निर्णय भएकाे मन्त्रालय श्राेतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0