२०८१ भाद्र ६,बिहीबार

चितवन। आफू माथि आक्रमण गर्न आएकाे बाघलाई मकवानपुरकाे मनहरीमा भैसीले प्रतिकार गर्दा बाघकै मृत्यु भएकाे छ ।

आज बिहान करिव ५ बजे मनहरी -६ प्रतापुरमा स्थानीय बलबहादुर राईकाे गाेठमा रहेकाे भैसीलाई निकुञ्जबाट निस्किएको बाघले आक्रमण गरेकाे स्थानीय कृष्ण सापकोटाले बताउनुभयो ।

भैसीले प्रतिकार गर्दा बाघकाे मृत्युु भएकाे अधिकारीले बताउनुभयो । भैंसी घाइते भएकाे छ भने मृत बाघकाे शरीरमा कुनै चाेट नदेखिएको स्थानीय बताउँछन् । मुचुल्का गरि बाघलाई साैराहा ल्याईदैछ ।

बाघकाे मृत्युको कारण खाेजिने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0