२०८१ भाद्र १, शनिबार
काठमाडौं, मुलुककाे मुख्य समस्या नै सुशासनकाे अभाव भएकाे सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयाेजित राष्ट्रिय समाचार समितिकाे `रासस मिडिया सँग्रहालयकाे शुभारम्भ गर्दै मन्त्री गुरुङले साे बताएका हुन् । नराम्रो काम माथि निर्मम हुन र राम्रो कामकाे पक्षमा खुलेर वकालत गर्न सञ्चारकर्मीमा सुझाव दिदै मन्त्री गुरुङले सरकार स्वयं नागरिक प्रति उत्तरदायी हुन नसकेकाे बताए ।
सरकारकाे आलाेचनासँगै सत्यतथ्यकाे खाेज गर्न र भजन गाउने प्रवृत्ति भन्दा रचनात्मक खवरदारी नै सरकारले चाहेकाे गुरुङले बताएका छन् ।
विकास बजेट ३० प्रतिशत छुट्याउने र त्यहिमा पनि १५ प्रतिशत मात्रै खर्च हुँदा देश विकासमा साेचेजस्ताे परिणाम नआएकाे उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले सत्तामा पुगेपछि कानमा तेलहालेर बस्ने मन्त्रीहरुलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भुमिका खेल्न समेत आग्रह गरे।
` छुट्याइएको जम्मा ३ खर्ब हाे विकास बजेट , खर्चभने डेड अर्ब भन्दा हुन नसाेपछि खाेजेजस्ताे विकास कहाबाट पाउँनु ´ भन्दै मन्त्री गुरुङले देश विकासका लागि उत्पादन , उत्पादकत्व र वितरणका विषयमा प्रभावकारी परिणाम निकाल्न राज्यपक्षलाई घच्घच्याउन मिडियाले भुमिका खेल्न सुझाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1